एएफसी यू-२३ : नेपालको खराब सुरुवात, यूएईसँग ५-० ले पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 15, 2017 | 11:00:28 PM मा प्रकाशित

laxmi  sunrise bank

एएफसी यु-२३ च्याम्पियनसिप छनौट खेलमा नेपालले खराब सुरुवात गरेको छ। शनिबार युएइको ताहनोन मोहम्मद रंगशालामा नेपाली समय ८ बजेर १० मिनेटमा सुरु भएको खेलमा नेपाल आयोजक युएइसंग ५-० को फराकिलो गोल अन्तरले पराजित भएको छ। 

युएईको चर्को गर्मिमा भएको खेलमा नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा १ गरि कुल ५ गोल खाएको छ। खेलको सुरुवातदेखि नै दबाबमा रहेको नेपाली टोली युएईसामु अत्यन्त कम्जोर देखिन पुगेको छ। खेलको आठौँ मिनेटमा नेपाली खेलाडीले डी बक्स भित्र युएईका खेलाडीलाई लडाएपछी पाएको पेनाल्टीको सदुपयोग गर्दै युएईले पहिलो गोल गर्यो। 

यूएईले २० औं, २३ औैं र ३३ औं मिनेटमा गोल गर्‍यो। नेपालले चौथो गोल पेनाल्टीमा खाएको थियो। डिबक्समा नेपालका दिनेश राजवंशीले ह्यान्ड गरेपछि युएईले पेनाल्टी पाएको थियो। दोस्रो हाफमा केही सुधार गरेपनि नेपाल ६० औं मिनेटमा पाँचौं गोल खान बाध्य भयो। 

साउन ४ गतेसम्म संचालन हुने छनौट प्रतियोगितामा नेपालको समूह 'डी' मा आयोजक यूएई, उज्बेकिस्तान र लेबनान रहेका छन। समूहको दोस्रो खेलमा नेपालले साउन २ गते उज्बेकिस्तान र अन्तिम खेल साउन ४ गते लेबनानसँग खेल्नेछ।  

विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाली टोली दुई हप्ताको तयारी गरेर युएई पुगेको हो। नेपाली टोलीमा पूराना र नयाँगरी २३ खेलाडी छन्। टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य छन्। सहायक प्रशिक्षकमा प्रकाश अर्याल र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र रहेका छन्। यूएई जानुअघि नेपालले बंगलादेशको यू-२३ टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो।उक्त खेलमा नेपाल १-० गोलले विजयी भएको थियो।

खेल सुरु भएको ७ मिनेटमा नै नेपालले खायो पहिलो गोल

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved