यू- १९ बिश्वकप छनौट: नेपालको बिजयी सुरुवात, कप्तान सन्दिप लामिछाने बने नायक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 17, 2017 | 01:17:08 PM मा प्रकाशित

laxmi  sunrise bank

यू- १९ बिश्वकप छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको हो । 

टस जितेर पहिले फिल्डिंग गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सिंगापुरलाई ७३ रन मै समेट्न सफल भयो । नेपालको उत्कृष्ट बलिंङ्सामु सिंगापुरका ब्याट्सम्यान टिक्न सकेनन र २९ ओभर मै सबै विकेट गुमाएर केवल ७३ रन जोड्न सक्यो । 

सिंगापुरलाई सस्तैमा समेट्न कप्तान सन्दिप लामिछानेले सर्बाधिक ५ विकेट लिए भने शाहव आलमले ३ तथा किशोर महतले २ विकेट लिए । 

 ७४ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर जित सुनिश्चित गर्यो । उत्कृष्ट बलिंग गरेको नेपालले ब्याटिंगमा राम्रो सुरुवात गर्न सकेन । ओपनर सन्दिप सुनार र आसिफ शेख क्रमसः १ र ४ रनमै आउट भए  । तेस्रो नम्बरमा आएका प्रनित थापामगरले सर्बाधिक  २३ रन बनाए । त्यस्तै अनिल साहले १९ रन ,  दिपेन्द्र सिंह ऐरीले २ रन,  प्रकाश केसी ६ रन जोडे ।

रोहित कुमार पौडेल ११ रनमा र पवन शरफ ४ रनमा अविजित रहे   । पवनले चौका प्रहार गर्दै १९५ बल बाँकी रहदै नेपालको जित सुनिश्चित गरेका थिए । 

नेपालले भोलि मंगलबार मलेशियासंग प्रतिस्पर्धा गर्ने छ । 

प्रतियोगितामा नेपाल सहित, अफगानिस्तान, मलेशिया र सिंगापुर सहभागी छन् । डबल राउण्ड रोबिन लिग आधारणमा हुने यस प्रतियोगोगितामा सबै टिमले आपसमा दुई-दुई खेल खेल्नेछन्। समुहमा शिर्ष स्थानमा रहने टोलीले मुख्य प्रतियोगितामा भाग लिन पाउने छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved