कप्तान सन्दिप लामिछाने चम्किएपछि मलेसिया बिरुद्द नेपालको शानदार जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 18, 2017 | 10:34:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। मंगलबार पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा जितको निरन्तरतालाई कायम राखेको हो।

मलेसियाले प्रस्तुत गरेको ५९ रनको लक्ष्य पछायाएको नेपालले ९ ओभर ५ बलमा ५ विकेटको क्षतीमा पुरा गर्यो। नेपालको जितमा आसिफ शेखले २३ र प्रनित थापाले १८ रन जोडे। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले २५ ओभर ५ बलमा अलआउट हुदैँ ५८ रनमा समेटियो। आजको खेलमा नेपाली बलर हाबी भएपछी मलेसियाका ब्याट्सम्यानले १० रनको व्यक्तिगत स्कोर समेत बनाउन असफल बने। नेपालका लागि कप्तान सन्दिप लामिछानेले ५ विकेट, पवन सर्फारले ३ तथा किशोर महतो र सन्दिप सुनारले समान एक एक विकेट लिए । 

नेपालले दुई खेलमा ४ अंक जोडेको छ। यस अघि नेपालले घरेलु टोलि सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो। नेपालले अब तेस्रो खेलमा बिहिबार टेष्ट मान्यता राष्ट्र अफगानिस्तानको सामना गर्ने छ।

सुरुवाती खेलमा राम्रो प्रदशन गरेको नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ। छनौटको शिर्ष टोलि अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकप खेल्न पाउनेछ। नेपालले गत बर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो। हालसम्म नेपालले ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ ।      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved