१० खेलाडीले दोहोरो अंकको रन बटुल्न नसक्दा नेपाल १४१ रनले पराजित, छनौट सम्भावना कठिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2017 | 01:39:02 PM मा प्रकाशित

laxmi  sunrise bank

यू- १९ बिश्वकप छनौट प्रतियोगितामा नेपालले पहिलो हार बेहोरेको छ। नेपालले आज अफगानिस्तानसंग हार बेहोरेको हो  नेपालले आज खराब प्रदर्शन गर्दै १४१ रनले पराजित भएको हो  

टस जितेर पहिले फिल्डिंग रोजेको नेपालले अफगानिस्तानलाई ४९.४ ओभरमा १९० रनमा अल आउट गर्न सफल भएको थियो । नेपालको लागि कप्तान सन्दिप लामिछाने र पवन शरफले समान २ विकेट, किशोर महत र दिपेन्द्र सिंह एरीले समान १-१ विकेट र शाहव अलामले ३ विकेट लिए । 

अफगानिस्तानका लागि इब्राहिम जाद्रिनले सर्बाधिक ४३ रन बनाए । 

१९१ रन्को लक्ष्य लिएर मैदान उत्रेको नेपालले खराब प्रदर्शन गर्दै २६ ओभरमा केवल ४९ रन जोडेर अल आउट भयो । नेपालका पवन सरफले सर्बाधिक २६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन । सन्दिप लामिछाने, अनिल शाह, रोहित कुमार पौडेल र प्रनित थापा मगर शुन्य रन मै आउट भए । 

नेपालको इनिंग धरासायी पार्न अफगानिस्तानका नविन उल हकले ह्याट्रिक सहित ४ विकेट तथा मुजिब जाद्रनले ४ विकेट लिए । 

हार संगै नेपालको यु १९  बिश्वकमा छनौट हुने सम्भावना न्यून भएको छ । प्रतियोगितामा नेपाल सहित, अफगानिस्तान, मलेशिया र सिंगापुर सहभागी छन् । डबल राउण्ड रोबिन लिग आधारणमा हुने यस प्रतियोगोगितामा सबै टिमले आपसमा दुई-दुई खेल खेल्नेछन्। समुहमा शिर्ष स्थानमा रहने टोलीले मुख्य प्रतियोगितामा भाग लिन पाउने छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved