अफगानिस्तानले नेपाललाई दियो १९६ रनको लक्ष्य, बिश्वकपमा पुग्न जित मात्र पर्याप्त नहुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 25, 2017 | 11:11:50 AM मा प्रकाशित

laxmi  sunrise bank

यू- १९ बिश्वकप छनौट प्रतियोगिता अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले  १९६  रन्को बिजयी लक्ष्य पाएको छ  । पहिले टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाउदै १९५ रन जोडेपछि नेपालले १९६ रन्को लक्ष पाएको हो  

अफगानिस्तानलाई अल आउट गर्ने क्रममा नेपालका लागि शाहव आलमले सर्बाधिक ४ विकेट, दिपेन्द्र सिंह एरिले ३ विकेट तथा सन्दिप लामिछाने र रोहित कुमार पौडेलले समान १-१ विकेट लिए  ।

अफगानिस्तानका लागि इब्राहिम जादरानले शतकीय पारी खेल्दै ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाए । ४४ औ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १९० रनको अवस्थामा रहेको अफगानिस्तानको पारीलाई धक्का दिन  ४५ औ ओभरमा आलमले ३ विकेट लिए ।  

अफगानिस्तानले यस अघिका सबै खेल जितेको छ भने नेपालले अफगानिस्तान बाहेकको सबै खेल जितेको छ  ।  नेट रन रेटको आधरममा अफगानिस्तान धेरै अगाडी भएकाले बिस्वकपमा छनौट हुनको लागि नेपालले यो खेल भारी अन्तरले जित्नु पर्ने हुन्छ । १० ओभर अगावै खेल जितेको खण्डमा मात्र नेपाल बिश्वकपमा छनौट हुन् सक्छ  ।  

प्रतियोगितामा नेपाल सहित, अफगानिस्तान, मलेशिया र सिंगापुर सहभागी छन् । डबल राउण्ड रोबिन लिग आधारणमा हुने यस प्रतियोगोगितामा सबै टिमले आपसमा दुई-दुई खेल खेल्नेछन्। समुहमा शिर्ष स्थानमा रहने टोलीले मुख्य प्रतियोगितामा भाग लिन पाउने छ  ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved