इतिहास मै पहिलो पटक एल क्लासिको अमेरिकामा हुदै, कहाँ हेर्ने लाइभ, कति बजे सुरु ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 29, 2017 | 12:40:30 PM मा प्रकाशित

laxmi  sunrise bank

एल क्लासिको भन्ना साथ बिश्व भरका फुटबल प्रेमीहरु उत्साहित भईहाल्छन् । स्पेनका दुई प्रतिष्ठित क्लबहरु बार्सिलोना र रियल म्याड्रिडबीचको खेलले नै एल क्लासिको नाम पाएको हो।

यसै क्रममा २६७ औ एल क्लासिको शनिबार अमेरिकाको मियामीमा हुदैछ । इतिहास मै पहिलो पटक एल क्लासिको अमेरिकामा हुन् लागेको हो । त्यस्तै ३५ बर्षमा पहिलो पटक एल क्लासिको युरोप बाहिर हुन् लागेको हो ।

इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत यी दुई टोलीबिचको खेल हुन् लागेको हो । सिजनको अभ्यासको रुपमा खेलिने यस प्रतियोगितामा बार्सिलोना उत्कृष्ट लयमा छ ।

यस खेल हेर्नको लागि मियामीको हार्ड रक रंगशालमा ६५ हजार दर्शक पुग्ने बताईएको छ । प्रतियोगिताको टिकट धेरै अघि नै सकिएको छ भने ब्ल्याकमा टिकट ९ सय डलर सम्म बिक्रि भएका छन् ।

प्रतिष्ठित मिडिया ईएसपीएनले यस खेलको बिशेष कभरेज गर्ने भएको छ । जसको लागि कम्पनीले आफना २५ प्रतिनिधिलाई मियामी पठाएको छ ।

खेल नेपाली समय अनुसार भोली आइतबार बिहान ५ : ५० बजे सुरु हुने छ र नेपालमा Sony Ten 2/HD मा लाइभ हेर्न सकिने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved