नयाँ फिफा बरियता नेपाल माथि उक्लियो, भारत एक स्थान तल झर्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2017 | 12:17:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१७ को  अगस्ट महिनाको फिफा बरियता सार्बजनिक गरेको छ । बिहिबार सार्बजनिक भएको यस महिनाको नयाँ बरियतामा नेपाल १  स्थान माथि उक्लदै  १ सय ६९ औ स्थानमा पुगेको छ । 

  फिफाले आज सार्बजनिक गरेको नयाँ बरियता अनुसार दक्षिण एसियामा सबै भन्दा माथि भारत ९७ औ स्थानमा छ । भारत गत महिनाको भन्दा एक स्थान तल झरेको हो । त्यस्तै माल्दिभ्स १४२  औ, अफगानिस्तान १५६ औ , भुटान १६५ औ स्थानमा छ । नेपाल भन्दा पछि बंगलादेश १८९  औ, श्रीलंका १९७ औ र पाकिस्तान २०० औ स्थानमा छ । 

बिश्व बरियतामा भने जर्मनीलाई दोस्रो स्थानमा धकेल्दै ब्राजिल शिर्ष स्थानमा उक्लिएको छ  ।  त्यस्तै तेस्रोमा  अर्जेन्टिना ,  चौथोमा स्विजरल्याण्ड  र पाचौमा पोल्याण्ड छन् । पोर्चुगल, चिली, कोलम्बिया, बेल्जियम र फ्रान्स क्रमश छैठौ, सातौ, आठौ , नवौ र दशौ स्थानमा छन् ।

पुरा बरियता हेर्न यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved