बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडले जित्यो सुपर कपको उपाधि (भिडियो हाइलाइट)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 07:43:20 AM मा प्रकाशित

laxmi  sunrise bank

बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ। कडा प्रतिद्वन्द्वी बार्सिलोनालाई ३-१ गोलले पराजित गर्दै बार्सिलोनाले स्पेंस सुपर कप जितेको हो। 

जितसंगै रियलले स्पेनिस लिगमा गएको सिजनमा बार्सिलोनासँगको हारको बदला लिएको छ। निकै रोमान्चक रहेको खेलमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछी रियल १० खेलाडीमा सिमित भएको थियो। 

पहिलो हाफ बराबरीमा सकिएको यस खेलमा दोस्रो हाफ तिब्र प्रतिस्पर्धा रह्यो। दोस्रो हाफको ५३ औ मिनेटमा बार्साका जेरार्ड पिकेले आत्मघाती गोल गर्दा रियलले अग्रता लियो । तर, ७७ औ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल फर्काए । त्यसपछि रियल चम्कियोे।

रियलका लागि क्रिस्टियानो रोनाल्डोले ८० मिनेटमा गोल गर्दै पुन रियललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डो   खेलको ८२ मिनेटमा रातो कार्ड खाँदै बाहिरिए। १० खेलाडीमा सिमित रियलको कमजोरीलाई समात्दै आफ्नै लयमा फर्किने बार्सिलोनाको प्रयास असफल बन्यो। 

रियलका लागि खेल सकिन केहि मिनेट बाँकी रहँदा मार्को एसिन्सोले तेस्रो गोल गरे । यो जितसंगै रियल यस सिजन पनि बलियो सुरुवातको छनक दिएको छ।  

   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved