रोनाल्डोलाई ५ खेलको प्रतिवन्ध र नगद जरीवाना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 07:04:19 PM मा प्रकाशित

laxmi  sunrise bank

रियल म्याड्रिडका मुख्य खेलाडी क्रिष्टियानो रोनाल्डो पांच खेलका लागि प्रतिबन्धमा परेका छन। आइतबार स्पेनिस 'सुपर कप' अन्तर्गत  बार्सिलोनासंगको खेलमा रेफ्रिलाई हातले धकेलिदिएपछि रातो कार्ड पाएका रोनाल्डो पांच खेलका लागि प्रतिबन्धमा परेका हुन।

रोनाल्डोलाई पांच खेलको प्रतिबन्ध सहित ३ हजार ८०५ युरो अर्थात ४ लाख ६० हजार नेपाली रुपैयाँ जरिवाना तोकिएको छ। त्यस्तै उनका लागि क्लबले २ लाख ६ हजार अलग्गै जरीवाना तिर्नु पर्नेछ। 

 उक्त खेलमा उनले दुइओटा पँहेलो कार्ड पाएपछि एक खेलको लागि प्रतिवन्धमा परेका थिए । तर, खेलमै रेफ्रिलाई हातले धकेलिदिएपछि बाँकी अन्य चार खेलको लागि प्रतिवन्धमा परेका हुन् । स्पेनिस 'सुपर कप'को पहिलो लिगमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड ३–१ ले विजय भएको हो।      

अगामी बुधबार हुने 'स्पेनिस सुपर कप' दोश्रो लिगमा उनले खेल्न पाउने छैनन् । त्यस्तै, अगष्ट २० र २७ तथा सेप्टेम्बर ९ र १७ मा हुने 'ला लिगा'समेत खेल्न पाउने छैनन् । तर, उनले यस निर्णयको अपिल भने १० दिनभित्र गर्न पाइने बताइएको छ ।

पोर्चुगल अन्तर्राष्ट्रिय च्याम्पियन्स लीगमा भने उनले खेल्न सक्नेछन् । तर, यस घरेलु कारबाहीका कारण आगामी सेप्टेम्बर २० मा हुने रियल बेटीजको विरुद्ध खेलमा उनी सहभागी हुन पाउने छैनन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved