साफ अन्डर-१५ च्याम्पियन्सीप फाइनल खेल आज, उपाधि उचाल्ने नेपालको लक्ष्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2017 | 06:37:55 AM मा प्रकाशित

laxmi  sunrise bank

१५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन। आज दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल जितेर नेपालले भारतविरुद्ध बदला लिने लक्ष्य बनाएको छ ।

 नेपालसंग भारतसंग यस अघिको खेलको हारको बदला लिने यो सुनौलो अवसर बन्ने खेल प्रेमीको बिश्वास रहेको छ। तर प्रतिद्वन्द्वी भारत बलियो टिम रहेको भन्दै नेपाली टोलीका प्रशिक्षक सुनील श्रेष्ठले फाइनलमा नेपालले शतप्रतिशत खेल्ने बताए।      

उनले समूह चरणको खेलमा दुबै टोलीले एक–अर्कालाई चिन्ने अवसर पाएकाले त्यसको फाइदा उठाउँदै कमजोरी सुधारेर मैदानमा उत्रने बताए ।भारतविरुद्ध समूह चरणमा २–१ को हारको बदला लिँदै उपाधि जित्न कुनै कसर बाँकी नराख्ने प्रशिक्षक श्रेष्ठको भनाइ छ ।

६ टोलीले सहभागिता जनाएको प्रतियोगिताको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले तथा भारतले भुटानलाई ३–० ले हराएको थियो ।आइतबार नै बंगलादेश र भुटानबीच तेस्रो स्थानका लागि भिडन्त हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved