यू–१५ साफ च्याम्पियनसिपको उपाधि भारतलाई, अग्रता जोगाउन नसक्दा नेपाल पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 27, 2017 | 03:08:49 PM मा प्रकाशित

laxmi  sunrise bank

यू–१५ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा भारतले नेपाललाई पराजित गर्दै उपाधि हात पारेको हो  । 

पहिलो हाफमा नेपालले १ गोलले अग्रता लिएको भए पनि दोस्रो हाफमा भारतले नतिजा उल्टाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले भारतमाथि नेपालले ४० औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको भए पनि जित आफ्नो पक्षमा रोक्न सकेन । भारतीय खेलाडीले डिबक्समा नेपाली रन्जन पुनलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीमा बृजेश चौधरीले गोल गरेका थिए।

भारतका लागि लालरोकिमा र कप्तान विक्रमप्रताप सिंहले गोल गरेका हुन्। लालरोकिमाले ५९औं मिनेटमा गोल फर्काएर बराबरी गरे भने कप्तान सिंहले ७४औं मिनेटमा गोल गर्दै जित दिलाएका हुन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved