ईपिएल र एपीवानबीच ३ करोडको ब्रोडकास्टिङ सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2017 | 01:17:45 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको प्रत्यक्ष प्रशारण एपी वान टेलिभिजनले गर्ने भएको छ। यस सम्बन्धी सम्झौतामा इपिएलका सस्थापक आमिर अख्तर र एपीवान टिभिका एमडी लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन। 

इपिएल र एपीवानबीच तीन वर्षको लागि ३ करोड रुपैयाँबराबरको ब्रोडकाष्टिङ सम्झौता भएको हो। सम्झौता अनुसार इपिएललाई एपीवानले  बार्षिक एक करोडमा रुपैयाँ तिर्नेछ । जसमा वार्षिक १० प्रतिशतले वृद्धि हुने छ । एपीवानले अब इपिएललाई वार्षिक ५० लाख नगद दिनेछ भने ५० लाखबराबरको सेवा उपलब्ध गराउने छ ।

सम्झौता पश्चात एपीवानले सबै खेलको प्रत्यक्ष प्रशारण गर्ने अधिकार प्राप्त गरेको छ। इपिएल अन्तर्गतका खेलहरु प्रत्यक्ष प्रशारण गर्नका लागि एपीवनले १२ वटा क्यामेरा राख्नेछ। त्यस्तै प्रतियोगीताका दौरान एपीवानले त्रिभुवन क्रिकेट मैदानमा ठुलो पर्दा राख्नेछ जहाँबाट एपिवानले प्रत्यक्ष प्रसारणमा ग्राफिक्स र अन्य कम्प्युटर प्रोग्राम पनि प्रस्तुत गर्नेछ । 

इपिएलमा पहिलो पटक थर्ड अम्पायरको पनि व्यवस्था गरिनेछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने इपिएल राउन्ड रोविन लिगका आधारमा संचालन हुने छ ।    

प्रतियोगितामा नेपालका प्रमुख ६ शहरका ६ टिमको सहभागिता रहनेछ। यस पटक काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, बीरगन्ज र पोखराको सहभागिता छ। 

प्रतियोगितामा सहभागी प्रत्येक टिमले एक अर्कासंग एक एक खेल खेल्नेछन। शिर्ष चार टोलि प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ।

प्रतियोगिताका लागि खेलाडीहरु लिलाम मार्फत छनौट हुनेछन। लिलाममा ए, बि र सी समूहका खेलाडी रहने छन्। एक टिममा १५ खेलाडी रहनेछन् । १० खेलाडी लिलामबाट, तीन विदेशी र एक जना ट्यालेन्ट हन्ट बाट छनौट गरिनेछ । टिममा तीन विदेशी खेलाडी अनिवार्य गर्नुपर्ने हुन्छ । यस्तै एक जना मार्केट प्लेयर पनि राख्न पाउने छ । नेपालको इतिहासमै सर्वाधिक पुरष्कार राशि मानिएको यस लिगमा बिजेताले २१ लाख प्राप्त गर्ने छन् ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved