राष्ट्रिय फुटसल लिग आजदेखि, विजेताले पाँच लाख पुरस्कार पाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2017 | 06:52:08 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेल काठमाडौंको चपलीहाइटमा रहेको क्रिएसनल फुटसल सेन्टर र बौद्वमा रहेको स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा हुनेछन् ।

लिगमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख पचास हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताका लागि झण्डै ३० लाख खर्च लाग्ने एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी दिए ।  

प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनौट समेत गरिने उनले जानकारी दिए । एएफसी फुटसल छनौट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved