विश्वकप फुटबल छनौट खेलमा डेनमार्कसँग पोल्याण्ड पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2017 | 06:19:26 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी ।  विश्वकप फुटबल २०१८ को छनौट खेल सुरु भएको छ । शुक्रबार राती युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘इ’ रहेको पोल्याण्ड डेनमार्कसँग ४–० ले पराजित भएको  छ ।  डेनमार्कको जितमा थोमस डिलेनी, एन्ड्रियास कोर्निलियस, योर्गन्सन र एरिक्सनले गोल गरे । १५ औं मिनेटमा डिलेनीले गोल गर्दै डेनमार्कलाई सुरुवाति अग्रता दिलाए । ४२ औं मिनेटमा कार्निलियसले गोल गर्दै अग्रता दोब्बर पारे ।

५९ औं मिनेटमा योर्गन्सन तथ ८० औं मिनेटमा एरिक्सनले गोल गरेपछि डेनमार्क ४–० ले विजयी भयो । पराजित भएपनि सात खेलबाट १६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

विजयी भएको डेनमार्क १३ अंकसहित तेस्रो स्थानमा छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved