एनआईसी एसिया इन्डोर कर्पोरेट क्रिकेटको उपाधि सेन्चुरी बैंकले जित्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2017 | 05:09:33 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । शनिबार भएको चौथो एनआईसी एसिया इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि सेन्चुरी बैंकले जितेको छ । फाइनल खेलमा एनआईसी एसिया ब्यांैकलाई ३५ रनले हराउदै उपाधी जित्न सफल भयो ।  खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एनआइसी एसियाले निर्धारित १२ ओभरमा ५८ रन बनाएको थियो । 

इन्डोर क्रिकेटको नियम अन्तगत पुरै ओभर खेल्नुपर्ने नियमअनुसार जवाफी ब्याटिङमा आएको सेन्चुरी बैंकले १२ ओभरमा ९३ रन बनाएपछि ३५ रनको जित हात पारेको हो । सेन्चुरीका लागि सुरज तिमल्सिनाले २५ र सुवास शर्माले १७ रन बनाए । अफ द म्याच सेन्चुरी ब्यांकका विजय गौतम भएका छन् । भदौ ९ देखि सुरु भएको प्रतियोगितामा १७ वटा कर्पोरेट टोली सहभागी थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved