अनलाईन ट्रेडिङबारे नेप्सेको गलत प्रचार, लगानीकर्ताले अझै केहि समय कुर्नु पर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 05, 2018 | 05:12:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज (नेप्से)ले बहुप्रतिक्षित अनलाइन कारोबार प्रणालीको कात्तिक २० गते मंगलबारदेखि औपचारिक शुभारम्भ गर्ने भएको छ। अर्थमन्त्री युबराज खतिवडाले पहिलो आदेश राखेर अनलाइन ट्रेडिङ शुभारम्भ हुने नेप्सेले जनाएको छ। मन्त्री खतिवडाले कुनै एक लगानीकर्ताको तर्फबाट ११ बजे अर्डर राख्ने छन। अर्थमन्त्री खतिवडाले उद्घाटन गरेसंगै नेपालको सेयरबजारमा औपचारिक रुपमा नै अनलाइन कारोबार प्रणाली लागू हुनेछ।

औपचारिक रुपमा अनलाइन ट्रेडिङ सुरु हुने भनिए पनि लगानीकर्ताले तत्काल नै यस सेवा प्रयोग गर्न पाउने छैनन् । अर्थमन्त्रीले उद्घाटन गरे लगत्तै सबै लगानीकर्ताले अनलाइन ट्रेडिङ मार्फत कारोबार गर्न पाउने नेप्सेले दाबी गरेको थियो  । तर त्यसको लागि कुनै तयारी नै नभएको पाईएको छ । हालसम्म कुनै पनि लगानीकर्ताले अनलाइन ट्रेडिङको लागि आवश्यक पर्ने आईडी र पासवर्ड पाएका छैनन्  । 

नेप्सेले यस अघि लगानीकर्तालाई अनलाइन ट्रेडिङमा अभ्यस्त गराउन असोज २ गतेदेखि कात्तिक ११ गतेसम्म मक ट्रेडिङ संचालक गरेको थियो। मक ट्रेडिङको लागि नेप्सेले ब्रोकर मार्फत लगानीकर्तालाई आइडी, पासवर्ड र ब्रोकर अनुसारको लगईन लिंक उपलब्ध गराएको थियो । तर अनलाइन ट्रेडिङमा यी सब काम लाग्ने छैनन् ।  नेप्सेका आईटी प्रमुख निरन्जन नायकले त्यो सबै लगानीकर्तालाई अभ्यस्त गराउने प्रयोजनको लागि टेस्ट मात्र भएकोले ति आइडी, पासवर्ड र लिंक अब सुरु हुने अनलाइन ट्रेडिङमा प्रयोग नहुने बताएका छन् ।  उनका अनुसार अब अनलाइन ट्रेडिङको हरेक लगानीकर्ताले आफ्नो ब्रोकरबाट नयाँ आइडी र पासवर्ड लिनु पर्नेछ । 

तर ब्रोकरहरुले भने लगानीकर्तालाई नयाँ आईडी र पासवर्ड दिने बारे आफुहरुले नेप्सेबाट कुनै पनि निर्देशन नपाएको जानकारी दिएका छन् ।  ब्रोकरहरुको भनाईलाई आधार मान्ने हो भने मंगलबारदेखि ब्रोकरहरुले मात्र अनलाइन ट्रेडिङ मार्फत कारोबार गर्ने छन् । अर्थात् लगानीकर्ताको अर्डरहरु ब्रोकर आफैले हाल्दिने छन् ।  यो क्रम कार्तिक महिनाभर चल्ने ति ब्रोकरले बताए ।  

कार्तिक महिना भरी ब्रोकरहरुलाई अनलाइन ट्रेडिङमा अभ्यस्त गराउने र मङ्सिर लागेपछि बल्ल लगानीकर्तालाई आइडी पासवर्ड उपलब्ध गराउने नेप्सेको योजना रहेको उनले बताए । उनका अनुसार लगानीकर्तालाई अनलाइन ट्रेडिङमा के के गर्न दिने भन्ने मोडालिटी नै तयार भएको छैन ।  मोडालिटी तयार भएपछि मात्र लगानीकर्ताले 'लिमिटेड कार्य' गर्ने गरी आईडी र पासवर्ड पाउने उनले जानकारी दिए।  

लगानीकर्ता र ब्रोकर दुवै पूर्ण रुपमा अभ्यस्त नभएसम्म दुवै तरिका अर्थात् अनलाईन ट्रेडिङ र अहिले हुदै आएको प्रणाली मार्फत कारोबार हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved