माथिल्लो तामाकोशीको आईपिओमा १२ हजार दोहोरो आवेदन, बाँडफांड कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2018 | 01:20:29 PM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निष्काशन गरेको आईपिओमा १२ हजारको हाराहारीमा दोहोरो आवेदन भेटिएको छ । दोहोरो आवेदन केलाउने कार्यले नै आईपिओ बाँडफांडमा ढिलाई हुदै आएको छ ।

बिक्रि प्रबन्धक नागरिक लगानी कोषका पुँजी बजार महाशाखा प्रमुख रोशन जंग कार्कीका अनुसार अब भने दोहोरो आवेदन केलाउने काम सकिएको छ । यस अवधिमा १२ हजारको हाराहारीमा दोहोरो आवेदन भेटिएका छन् । साथै  नाम थर, नागरिकता नम्बर, ठेगाना लगायतका विवरण तलमाथि भएका आवेदन पनि भेटिएका छन् । यस्ता आवेदनको बिषयमा छलफल गर्न आज नियामक निकाय धितोपत्र बोर्ड, सिडिएसी, बिक्रि प्रबन्धक र कम्पनीबीचको छलफल डाकिएको कार्कीले जानकारी दिए । छलफलले कति हदसम्मको मिस्टेक भएका आवेदनलाई योग्य मान्ने भन्ने मापदण्ड तय गर्ने प्रमुख कार्कीले जानकरी दिए । त्यसपछि मंगलबारसम्ममा शेयर बाँडफांड गर्ने तयारी गरिएको भएपनि मिति भने यकिन भई नसकेको उनले बताए । 

आईपिओमा तीन लाख ४६ हजार १६६ जना आवेदकबाट ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ । आईपिओमा सबै आवेदकले न्यूनतंम ४० कित्ता शेयर पाउने र १ लाख हाराहारी आवेदकले भने ५० कित्ता शेयर पाउने आंकलन गरिएको छ । यद्यपि योग्य आवेदकको संख्या घटबढ हुने भएकोले यो फरक पर्न सक्ने छ । 

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved