प्रेरणाका पात्र रामसिंह: दुबै आँखा गुमे पनि गुमेन धैर्य, तरकारी बेचेरै जोडे १५ लाखको घडेरी

महेश न्यौपाने

महेश न्यौपाने

Mar 06, 2020 | 10:11:46 AM मा प्रकाशित

laxmi  sunrise bank

घरको आर्थिक अवस्था कमजोर भएपछि रोल्पा खुमेलका रामसिंह विक रोजगारीका लागि भारतको कज गए  । श्रीमती मनमालीको साथमा कज गएका उनले त्यहाँ कारखानामा काम गर्न थाले । श्रीमान संगै मनमाली पनि मजदुरीमै गर्थिन । पैसा कमाएर स्वदेश फर्कने अनी जग्गा किन्ने र एउटा राम्रो घर वनाउने सपना थियो विक दम्पतीको  । काम गर्न थालेको ४ वर्ष पुगेको थियो । एक दिन कारखानामा काम गर्दा गदै रामसिंहको दुवै आँखामा एक्कासी विजुली चम्के झै भयो । एकाएक दुवै आँखा बन्द भए । 

मनमालीको काखमा एक वर्षको छोरो थियो । छोराको स्याहार गर्दै मजदुरी गर्न भ्याएकी उनलाई श्रीमानले एक्कासी दुवै आँखा देख्न छाडेपछि कहाँ जाउँ के गरौ भयो । परदेशमा चिनजान भएका कोही छैनन्,  श्रीमानको आश्रयमा वसेकी मनमाली माथि एक्कासी आई लागेको विपदको कसरी सामाना गर्ने भन्ने चिन्तित वनाउन थाल्यो । रामसिंह विरामी परेको थाहा पाएर कजमा रहेका उनको एक जना गाउँले त्यहाँ आई पुगे । उनै गाउँलेको  सहयोगमा उनले भारतका विभिन्न अस्पतालमा लगेर देखाईन् । दुःख गरेर कमाएको लाखौ रुपैयाँ श्रीमानको आँखा उपचारमा खर्च गरिन तर निको भएन । भारतमै रहेका रामसिंहका साढुभाईले एउटा आँखा दान गर्न तयार भए तर उनको आँखाको नली नै सुकेको भन्दै डाक्टरले आँखाको ज्योति फर्काउन सम्भव नभएको  वताए पछि उनको ३ जनाको परिवार नेपाल फर्कियो । भारतमा पैसा कमाएर नेपालमा आरामदायी जीवन विताउने रामसिंह दम्पतीको सपना चकनाचुर हुन पुग्यो । 

घर फर्किएपछि छिमेकी र आफन्तहरुवाट कुनै सहयोग पाएनन् विक दम्पतीले । कहिलेकाही मासु खान मन लाग्थ्यो साथमा पैसा हुदैनथ्यो, उधारो कसैले दिदैनथे । विगत सम्झदै भावुक हुन्छन् रामसिंह । भारतवाट फर्केको तीन वर्ष गाउँमै बसे उनीहरु । गाउमै वस्दा आफ्नो जग्गा जमिन थिएन । अरुको काम गर्दा पनि भने जति ज्याला नपाउदा कैयौं दिन त भोकभोकै वसेको संझना छ रामसिंह लाई । 

गाउँमा गरि खान निकै समस्या भए पनि साथमा १ छोरा र १ छोरी च्यापेर सदरमुकाम लिवाङ आएका विक दम्पती १२ वर्षसम्म लिवाङमा कठिन ज्याला मजदुरी गरे। आँखा नदेख्ने भए पनि रामसिंह श्रीमतीको साहारामामा गिट्टी फोर्ने गर्थे । ढुंगामा हान्ने घन कतिपटक हातमा हानेर घाउँ समेत वनाए उनले । धेरै वर्ष सम्म उनीहरुले नयाँ लुगा लगाउनै पाएनन् । अरुले दिएका लुगा लगाएर धेरै वर्ष काटेका उनीहरु जाडोको मौसममा ओढ्ने ओछ्याउने कपडाको अभावमा कैयौं रात आगो तापेर वित्थे ।  दुःखजिलो गरेर पैसा कमाए पनि कमाएको जति धेरै खानामै खर्च हुन्थ्यो ।

केही पैसा वचत गरेर विक दम्पतीले सदरमुकाममा एउटा ठेला किने । ठेलामा तरकारी घुमाउदै विक्री गर्न थाले । सुरु सुरुमा दुवै जना संग संगै ठेला गुडाउथे । तरकारीको व्यापार राम्रो हुदै जान थाले पछि श्रीमती मनमालीले कोठामा वसेर तरकारी विक्री गर्न थालिन् । रामसिंह भने एक जना सहयोगीको भरमा ठेला गुडाउदै हिड्न थाले । लगातारको मेहनत पछि कमाई विस्तारै वढ्दै जान थाल्यो । कमाएको पैसा सवै तरकारीमै लगानी गर्न थाले । मनमालीले थोकमा तरकारी वेच्न थालिन् । साहुहरुले पनि विक दम्पत्तीको मेहनत र लगनशिलता देखेर उधारोमा तरकारी दिन थाले पछि उनीहरुको व्यापार फस्टाउदै गयो । सदरमुकाममा साना तरकारी पसल खोलेर बसेकाहरु उनको पसलवाटै तरकारी खरिद गर्न थाले । 

अहिले सदरमुकाम लिवाङमा १५ लाख मूल्य पर्ने एउटा घडेरी समेत किनेका छन । 'अब आफ्नै घर बनाउने सोच वनाएका छौ, घडेरी किन्दा केही ऋण पनि गरेका थियौं त्यो ऋण तिरेर सकिए पछि घर निर्माण थाल्ने सोच बनाएका छौ' रामसिंहले भने । विक दम्पत्तीले व्यवसायलाई सघाउन एक जना सहयोगी समेत राखेका छन् । सहयोगीको खर्च मात्रै हरेक महिना झण्डै १५ हजार आउने उनीहरु छन्  । दैनिक सरदर ८ हजार रुपैयाँको तरकारी विक्री हुदै आएको रामसिंहले वताए । 

विक दम्पत्ती सहयोगीको साथमा सदरमुकाममा व्यापार गरिरहेका छन् । छोरा कमलले गाडी चलाउछन्  ।  सुलिचौर लिवाङ गाडी चलाउने कमलले कमाई गर्न थाले संगै विक दम्पत्तीलाई धेरै राहात भएको छ। छोराको विवाह भई सकेको छ । बुहारीले पनि पसलमा सहयोग गर्छिन् । रामसिंहका  दुई छोरी मनिषा र मंजुले सदरमुकाममा रहेको विद्यालयमा अध्ययन गरिरहेका छन् । छोरी मनिषाले कक्षा १२ मा पढिरहेकी छिन् भने कान्छी छोरी मन्जु कक्षा ११ मा अध्ययन गर्छिन् ।  छोरालाई पनि पढाउने धोको थियो । 'कमजोर आर्थिक अवस्थाले पढाउन सकिएन ' रामसिंहले भने । छोरीहरुलाई पढाएर ठूलो मान्छे वनाउने ईच्छा भएकाले उनीहरुको पढाईमा सके जति लगानी गर्न आफुहरु तयार रहेको रामसिंहले वताए । 

दुवै आँखा गुमाएर वाँच्ने आशा करिव करिव मारि सकेका रामसिंहलाई श्रीमतिको सहयोग नभएको भए उनीहरुको अवस्था कस्तो हुन्थ्यो होला ? एकजना महिलाले आँटेमा लथालिंग भएको घरलाई पनि व्यवस्थीत वनाउन सक्दा रहेछन भन्ने गतिलो उदाहरण बनेकी छिन् मनमाली कामी । अनि दुवै आँखा गुमाएर पनि धैर्य नगुमाएका कारण समाजकै उदाहरण बनेका छन् रामसिंह । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved