छोरी बुहारीलाई पनि छोरा जस्तै हौसला दिने समाजको खाँचो छ: सीईओ मेगा बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2020 | 11:29:33 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७४ चैत्रमा नेपालमा बाणिज्य बैंक संचालनको ८२ बर्षको इतिहासमा पहिलो पटक प्रमुख कार्यकारी अधिकृतमा महिला नियुक्त भईन् । यो इतिहास लेख्ने अवसर पाउने भाग्यमानी महिला हुन् अनुपमा खुञ्जेली। उनलाई मेगा बैंकले यो अवसर जुराएको हो। मेगा बैंकलाई महिला नेतृत्त्वले हाँकेको बैंकको रुपमा लिइन्छ।

बैंकिङ बाट नै आफ्नो करियर सुरु गरेकी अनुपमाले यस क्षेत्रमा प्रवेश गरेको करिब २५ बर्षपछि बैंकको नेतृत्त्व सम्हाल्ने अवसर पाएकी हुन्। स्थापनाकालदेखि नै मेगा बैंकमा रहेकी अनुपमाले अहिलेको स्ट्यान्डर्ड चार्टड र तत्कालिन ग्रिनलेज बैंकबाट एसिस्टेन्ट लेवलबाट बैंकिङ करियर सुरु गरेकी हुन्। अनुपमाले १३ वर्ष त्यही बैंकमा बिताइन् । उनी बढुवा हुँदै म्यानेजर बनिसकेकी थिइन् । उक्त बैंकमा १३ वर्ष बिताइसकेपछि उनी नबिल बैंकमा प्रवेश गरिन् । नबिलमा ६ वर्ष काम गरिन् ।

महिलालाई पनि बैंकमा जागिर खान हुन्छ भन्ने माहोलमा रहेकी उनलाई सधै बुबाले हौसला दिने गरेको र ठुली आमाहरु जागिरको लागि हिडेको देखेकाले बाल्यकालमा नै महिलाले पनि जागिर गर्न जान मिल्ने रहेछ भन्ने सोच पलाएको खुन्जेली सुनाउछिन् । उनी भन्छिन् 'परिवारको सहयोग र अवसर नपाएर महिलाहरु धेरै छन्, जसले चाहेर पनि आफ्नो कार्यकौशलता प्रदर्शन गर्न पाएका छैनन् । महिलाहरु घर परिवार, चुलो चौकामा मात्रै सिमिति हुनुपरेको छ।' यो अवस्था आफुमा नभएको खुन्जेली सुनाउछिन।

महिलाले नेतृत्त्व गरेको बैंकमा नै नेतृत्त्व लिन पाउँदा आफुलाई खुसि महसुस भएको उनी सुनाउछिन् । सुरुवातदेखि नै मेगा बैंक अन्य कमर्शियल बैंक भन्दा पृथक भएको खुन्जेलीको भनाई छ। उनका अनुसार बैंकमा सुरुमा कुल कर्मचारीको ६० प्रतिशत महिला कर्मचारी थिए। मर्जर पश्चात यो आँकडामा परिवर्तन भएको छ। डेपुटी सीईओमा, उच्च व्यवस्थापनमा महिलाको उपस्तिथी बाक्लो छ।

नेपालको बैंकिङ क्षेत्रमा करिब ३८ प्रतिशत कर्मचारी महिला रहेकाले आगामी दिनमा उच्च व्यवस्थापनमा महिलाको बाक्लो उपस्तिथी देख्न पाइने खुन्जेलीको अपेक्षा छ। व्यवस्थापकीय दृष्टिकोणले बैंक जस्तो क्षेत्रमा पनि लैंगिक अर्थ राख्ने कुरामा खुन्जेली पनि बिश्वास गर्छिन् । निर्णय गर्ने तहमा महिलालाई अवसर कम दिईने गरेपनि मेगा बैंकले यो प्रचलनलाई तोडेको उनि बताउछिन् । आफुलाई मेगा बैंकले यो महत्त्वपूर्ण जिम्मेवारी दिएकाले आफ्ना लागि यो ४ बर्ष महत्त्वपूर्ण भएको उनको भनाइ छ ।

आफुले यो ४ बर्षमा उल्लेख्य काम गरेको अवस्थामा भोलिका दिनमा पनि बैंकको संचालक समितिले बैंक हाक्ने जिम्मेवारी महिलालाई नै दिने सम्भावना बढी हुने उनी बताउछिन् । साथै महिला नेतृत्त्वमाथी बिश्वास गर्ने वातावरण सृजना हुने भएकाले आफ्नो लागि यो ४ बर्ष महत्त्वपूर्ण भएको खुन्जेली बताउछिन् ।

त्यसो त पुरुषको तुलनामा महिलाले ४ पटक कम प्रश्न गर्ने अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। उच्च तहमा जिम्मेवारीका हिसाबले महिला पुरुष भन्ने कुराले तात्विक अर्थ नराखेपनि यसको सम्बन्ध परिवारसँग जोडिने खुन्जेलीको भनाई छ। उच्च तहमा काम गर्न सक्ने क्षमता र अनुभवले ठुलो अर्थ राख्ने भएकाले महिला र पुरुष भन्ने कुरा नहुने उनको भनाई छ।

साच्चिकै भन्ने हो भने महिला र पुरुष भन्ने कुराले ठुलो अर्थ नराख्ने खुन्जेलीको भनाई छ। उनी भन्छिन्, 'महिला र पुरुष भन्ने कुराले ठुलो अर्थ राख्दैन, सबै कुरा मिहिनेतमा भर पर्छ तर समाज त्यहि हो त्यसैले यहि चुनौतीको सामना गर्नुपर्छ। छोरी बुहारीलाई पनि छोरा ज्वाई जस्तै हौसला दिने समाजको खाँचो छ। ' बैंकर आफैंमा सम्मानित पेश भएकाले महिलालाई यो क्षेत्रमा आफ्नो क्षमता अनुसार काम गर्ने बातावरण भएकाले सम्पूर्ण महिलाले यो अवसरको सदुपयोग गर्नुपर्ने खुन्जेलीको भनाई छ।

हरेक दिन आफ्नो काममा प्रगति र विकास कति भयो भनेर हेर्नुपर्ने र आफ्नो काममा रमाउनुपर्ने खुन्जेलीको भनाई छ। मेगा बैंकले महिला उद्यमीलाई प्रोत्साहन गरेको सुनाउछिन् खुन्जेली। मेगा बैंकले २५० भन्दा धेरैलाई सहुलियत कर्जा दिएको र त्यसमा ६० प्रतिशत महिलाको संख्या रहेको खुन्जेली बताउछिन्।

उद्यमी बन्नलाई महिला दिदीबहिनी अगाडी नआउनुको कारणबारे मेगा बैंकले गरेको अध्ययनमा महत्त्वपूर्ण कुराहरु भेटिएको खुन्जेली बताउछिन्। अध्ययनले महिलालाई बैंक भित्र सजिलै प्रवेश गर्न गाह्रो हुने, आफ्नो सोचलाई लेखाईमा ढाल्न गाह्रो हुने, बैंकले मागेको कागजात पुरा गर्न गाह्रो हुने, धितोको जोहो गर्न गाह्रो हुने देखाएको छ। यहि कमिलाई पुरा गर्नलाई मेगा बैंक अन्तर्गतको मेगा क्यापिटल मार्केटसले लर्निंङ एण्ड डेप्लप्मेन्ट सेन्टर खोलेर २५ जनाको समुह बनाएर सिकाउने गरेको उनी बताउछिन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved