सत्यनारायण: जसले आफ्नै ड्राइभरलाई साहु बनाए, ऋण नपत्याउँदा बैंकका मालिक बने

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 08, 2020 | 09:58:14 AM मा प्रकाशित

tansen cement

सत्यनारायण प्रजापति हाल घरेलु तथा साना उद्योग महासंघको कोषाध्यक्ष छन् । २०५५ सालमा भक्तपूर घरेलु संघको सदस्यबाट संगठित यात्रा प्रारम्भ गरेका उनी २०६१ देखि २०६२ सम्म जिल्ला अध्यक्षको भूमीका कुशलतापूर्वक निर्वाह गरेका व्यक्ति हुन् । 

२०२८ साल फागुनको भिम एकादशीका दिन भक्तपूर नगरपालिका वडा नम्बर १ मा जन्मिएका प्रजापतिको परिवार कमजोर आर्थिक अवस्थाबाट गुज्रिएको थियो । २०३५ साल तिरबाट औपचारिक अध्ययन थालेका उनलाई पढाउन सक्ने आर्थिक अवस्था परिवारको थिएन । प्रजापति परिवारमा माटोका भाडा बनाएर पारिवारिक गर्जो टार्ने चलन छ । उनका पीता पनि यसरी नै पारिवारिक अवस्था टार्दै आएका थिए ।

बाल मस्तिष्कमा ‘गरिबी’को छाप परेपछि उनको मनले आफै माटोका पाला बनाउने र त्यो बिक्रि गरेर पढाई खर्च धान्ने निश्कर्ष निकाल्यो । कक्षा १ मा पढ्दा दैनिक सय, २ मा पढ्दा दैनिक २ सय र ३ मा पढ्दा दैनिक ३ सयका दरले माटोका पाला बनाउने उनको दिनचर्या बन्यो ।

खेतीमा निर्भर परिवारको जग्गा थोरै थियो । आफ्नो जमिनमा फलेको अन्नले खान नपुगेपछि उनको परिवार अरुको खेत खन्न जान्थ्यो । त्यसरी खेत खन्दा पैसा नभई उनीहरु अन्न लिने गर्दथे ।

‘बिहान उठेर माटो भिजाएर राख्ने गर्थेँ, स्कुलबाट फर्केपछि राती १/२ बजेसम्म पाला बनाउँथे’ उनले बिगत सम्झिँदै भने, ‘ती पालाहरु बेच्ने क्रममा तिहारको लक्ष्मी पूजाको दिन बत्ती पाल्न यस्ता पालाहरु चाहिने कुरा थाहा भयो, ३८/३९ सालतिर लक्ष्मी पूजाको अघिल्लो दिन धेरै पाला बेचेपछि पैसा कमाउन सकिने रहेछ भन्ने हिम्मत आयो ।’ 

त्यसपछि पाला बेचेरै पढ्न थाले । छोराले पालालाई व्यवसायिक रुपमा नै विकास गर्दै लगेको देखेपछि उनका पीताले पनि माटोका भाडाहरु बनाउने र बेच्ने क्रमलाई बढाए । त्यसरी ४ दिदी बहिनी र ३ भाईमध्ये २ दिदीबाहेक अरुले राम्रोसँग पढ्ने वातावरण पाए ।

‘बुबा र मेरो कमाईले २ जना भाइ र २ दिदी बहिनीलाई पढाउन सकेपनि २ जना दिदीहरुले पढ्न पाउनु भएन’ अवरुद्द भएको गलालाई कृत्रिम रुपमा रोक्न खोजे पनि सकेनन् र उनी भक्कानिए ।

दुबै आँखाका डिलबाट तप्प तप्प आँशुका ढिका खसाल्दै बोलिरहेका सत्यनारायण भगवानप्रति आस्थावान छन् । उनको घरमा अहिले पनि भजन कृतन हुने गर्दछ । गरिबीको चरम पीडाले थिचेको परिवारमा सानैबाट त्यही छाप परेपनि छिमेकीका अगाडी पढाईमा भने जहिल्यै अगाडी हुनुपर्छ भनेर भाइ बहिनीलाई सम्झाउने गर्दथे । बुबा र दाजुको दुःख बुझेका भाइ बहिनी स्कुल पढुन्जेल कहिल्यै तेस्रोबाट चौँथो भएनन् ।

एकाएक बज्रपात 

परिवारका लागि बा आमा र आफूले गरेको दुख भाइ बहिनीले पढाइमा प्राप्त गरेको सफलताले बिर्सिन्थे उनी । आफू पनि पढ्दै थिए । पढाईमा अब्बल रहेका उनलाई एकाएक बज्रपात आइलाग्यो ।

‘भएभरको पैसा लुटेराले लगेपछि बुबा रुदैँ फर्किनुभयो’ सत्यनारायणले भने, ‘त्यसपछि हाम्रो रुवाबासी नै भयो, तर बुबाले हिम्मत हार्नु भएन । फेरि जोरजाम गरेर परिवारलाई लयमा फर्काउनुभयो।’

छोराछोरी हुर्किदै थिए, त्यसैले पनि सत्यनारायणका बुबाले आफू भाडा बनाएर बेच्ने मात्रै नभई काभ्रेको धारखोला लगायतका क्षेत्रबाट धान ल्याएर बनेपा र भक्तपूरमा बिक्रि गर्थे । अलि धेरै लगानी गरेर धेरै नै आम्दानी गर्ने सोच राखेर भएको सबै पैसा बोकेर उनका बुबा पाँचखाल तिर धानको खोजिमा निस्किएका थिए । तर लुटेराहरुले सबै पैसा लुटेर फर्काइदिए । त्यसपछि उनको परिवार अताल्लियो ।

‘भएभरको पैसा लुटेराले लगेपछि बुबा रुदैँ फर्किनुभयो’ सत्यनारायणले भने, ‘त्यसपछि हाम्रो रुवाबासी नै भयो, तर बुबाले हिम्मत हार्नु भएन । फेरि जोरजाम गरेर परिवारलाई लयमा फर्काउनुभयो।’

तर यो बज्रपातले उनको पढाइमा भने निकै ठूलो धक्का पुग्यो । कक्षा ८ मा तेस्रो स्थानमा रहेका उनी सोही कारण कक्षा ८ कै परीक्षामा अनुत्तिर्ण हुन पुगे । उनीबाट राम्रो नतिजाको अपेक्षा गरेका शिक्षकहरु नै उनको नतिजा देखेर दुखी भए । तर उनले फेरि हिम्मत बटुले र प्रथम श्रेणीमा प्रवेशिका परीक्षा (एसएलसी) पास गरे । 

ठूला मान्छेलाई कुरेरै नमस्कार

उनका हजुरबुबाले सानैदेखि उनलाई भगवानप्रति आस्थावान हुन प्रेरित गरे । त्यति मात्रै नभई ठूला वडाको संगत गर्न र ठूला वडालाई आदर गर्न सिकाए । नाम चलेका मान्छेहरु गाउँमा आएको थाहा पाएपछि उनी नमस्कार गर्नकै लागि भएपनि भेट्न पुग्थे । 

विमल कोइराला संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो मुख्य सचिवसमेत भए । उनै कोइराला अर्थ सचिव भएका बेला भक्तपूर पुगेका थिए । यो खबर सत्यानारायणले पनि सुने । त्यसपछि उनी कोइरालालाई नमस्कार गर्नकै लागि ३ घण्टा कुरेर बसे ।

करिब साढे ३ घण्टापछि कोइराला निस्किए र सत्यनारायणले नमस्कार गरे । के छ खबर, के समस्या छ ? भनेर कोइरालाले सोध्दा उनी आफू तपाईलाई नमस्कार गर्नकै लागि कुरेर बसेको र नमस्कार गर्न पाएँ अब जान्छु भनेर हिडे । कोइरालालाई तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको राजनीतिक सहमतिको सरकारले मुख्य सचिव पनि बनाएको थियो । 

रसेन्द्र भट्टराईलाई नमस्कार गर्न उनले साइकलमा भक्तपूरदेखि ३ दिनसम्म सोल्टी होटल धाए । ३ दिनपछि भेटेर नमस्कार गरे र फर्किए ।

व्यवसायमा उतारचढाव

उनको व्यवसायीक जीवन प्रवेश बडो रोचक छ । २०४१ सालमा टोलमै खुलेको पुस्तकालयको साँचो खोल्ने र बन्द गर्ने जिम्मेवारी उनको थियो । पुस्तकालयमा रहँदा उनले ठूला मान्छेहरुको जीवनी पढ्ने अवसर पाए । यसले उनलाई व्यवसायी बन्ने हौसला दियो ।

‘हामी ज्याला लिएर काम गर्नुहुँदैन भन्ने मान्यता राख्थ्यौँ’ सत्यनारायण भन्छन्, ‘त्यही भएर अरुको खेत खन्न जाँदा पनि हामी पैसा नलिई अन्न लिने गथ्र्यौँ ।’ 

सत्यनारायण प्रजापतिले बुबा, आमासँगै भाइ बहिनीप्रति आफ्नो दायित्व बोध गरेर व्यवसाय गर्ने सोचे । बुबासँगै मिलेर धान कुटेर बेच्ने मिल चलाए । बुबा पाँचखाल र अन्यत्रबाट धान ल्याएर कुटाएर चामल बनाएर बेच्न र सत्नारायण पैसा उठाउन थाले । 

‘हामी ज्याला लिएर काम गर्नुहुँदैन भन्ने मान्यता राख्थ्यौँ’ सत्यनारायण भन्छन्, ‘त्यही भएर अरुको खेत खन्न जाँदा पनि हामी पैसा नलिई अन्न लिने गथ्र्यौँ ।’ 

यससँगै २०५९ सालबाट उनले काभ्रेको पाँचखालमा कोल्ड स्टोर पनि चलाए । २०६३ सम्म चलिरहेको कोल्ड स्टोर द्वन्दका कारण बन्द हुन पुग्यो । बिद्रोही पक्षले कोल्ड स्टोर नै कब्जा गरेपछि उनको ७२ लाख ७३ हजार रुपैयाँ फस्यो । बिद्रोहीले कोल्ड स्टोरमा राखेको आलु जफत गरिदिए । 

त्यसपछि काठमाडौँको गोठाटारमा पिउने पानीको उद्योग खोले । यो पनि द्वन्दको चपेटामा प¥यो । २०६९ सालबाट उनले हार्डवेयरको व्यापार थाले । अम्बे, जगदम्बा र मारुतीका सिमेन्ट बेचे । नेपाल आर्मीको नगरकोट र छाउनीसहित अन्य विभिन्न ठाउँका भवन बनाउन उनले सामान उलपब्ध गराए । २०७२ सालको भूकम्पका कारण उनको १ करोड ५० लाख रुपैयाँ फस्यो । उधारो सामान लगेकाहरु भुकम्पपछि कहिल्यै फर्केर आएनन् ।

त्यसपछि २०७३ सालमा उनले डण्डी फ्याक्ट्री किने । श्रीमतिले ह्याण्डिक्राफ्ट उद्योग चलाउन थालिन् । डोजर र पीच पेल्ने रोलर पनि किने । भक्तपूरमा पार्टरीमा २ वटा इट्टा भट्टा चलाउन सुरु गरे । डण्डी उद्योगमा १५ जना र इट्टा उद्योगमा ११ सय बढी र कृषिमा १० जनालाई रोजगारी दिईरहेका छन् । हाल आदित्या स्टिल इन्डस्ट्रि र हामा कन्ट्रक्सनको मालिक भएर उनले सयौलाई प्रत्यक्ष रोजगारी दिईरहेका छन्।

बैंकले नपत्याएपछि बैंककै बोर्ड सदस्य

काठमाडौँमा पढ्दै गर्दा उनले शिक्षकले सहुलियत ऋणको विषय पढाएको कुरालाई चाख दिएर सुने । नबुझेका कुरा पटक पटक गरेर बुझे । तर बैंकले उनलाई ऋण पत्याएनन् । वाणिज्य बैंक, कृषि विकास बैंक र अरु नीजि बैंकहरु धाउँदा पनि उनले ऋण पाएनन् । 

‘सरले टाइ सुट लगाएर गए दिन्छन् भन्नुहुन्थ्यो, तर हाम्रो स्वभाव त्यस्तो थिएन’ उनी भन्छन्, ‘गरिबीको कारण र हामी प्रजापतिहरुको स्वभावका कारण आज पनि म सुटेड बुटेड हुन जान्दिन ।’ 

धेरैतिर हण्डर खाएपछि उनले व्यवसायका लागि साहु नै गुहारे । ३६ प्रतिशत ब्याजदरमा ऋण लिएर पनि उनले आफ्नो व्यवसाय चलाईरहे । उनलाई आफूभन्दा पनि भाइ र बहिनीको चिन्ता थियो । भाइलाई पढाइका लागि बेलायत पठाउने योजना थियो । तर कसैले ऋण पत्याएनन् । यति हुँदा पनि उनले हिम्मत हारेनन् । बुबाको दुखले आर्जन गरेको सम्पत्ति, आफूले वर्षौ लगाएर कमाएको धन दौलत सबै राखेर भाइलाई युके पठाएरै छाडे । अहिले भाइ र बुहारी बेलायतमा छन् भने एउटी बहिनी असिस्टेन्ट प्रोफेसरका रुपमा धुलिखेल अस्पतालमा कार्यरत छिन् । उनको परिवार समाजसेवामा हुरुक्कै हुन्छ । उनका भाइले बेलायतमा ३ लाख डलरको पुरस्कार जिते । समाजसेवामा खर्च गर्नुपर्ने गरी कुनै नेपालीले जितेको यो नै पहिलो पुरस्कार हो । उनकी कान्छी बहिनी अष्ट्रेलियामा छिन् ।

‘सरले टाइ सुट लगाएर गए दिन्छन् भन्नुहुन्थ्यो, तर हाम्रो स्वभाव त्यस्तो थिएन’ उनी भन्छन्, ‘गरिबीको कारण र हामी प्रजापतिहरुको स्वभावका कारण आज पनि म सुटेड बुटेड हुन जान्दिन ।’ 

धेरै तिर हण्डर र ठक्कर खाएका उनलाई बैंकले ऋण नपात्याएको र चर्को ब्याज असुलेको इख गडेको थियो । २०५४ सालमै भक्तपूर बचत तथा ऋण सहकारीको स्थापना गरेर संस्थापक अध्यक्ष भएका उनले बैंकमा पनि लगानी गरे । भक्तपूर बचत तथा ऋण सहकारी अहिले भक्तपूरको तेस्रो ठूलो सहकारीका रुपमा छ । ९ करोडका २ वटा भव्य भवन छन् । 

बैंकिङ प्रणाली बुझ्न र आफूले हिजो पाएको जस्तो दुख अरु कसैले नपाओस् भन्नका लागि उनले अरनिको डेभलप्मेन्ट बैंकमा हात हाले । पछि उनी यो बैंकको बोर्ड डाइरेक्टरमा पनि चुनिए । 

‘बोर्ड डाइरेक्टर भएपछि मैले जसरी पनि बैंकिङ बुझ्न् थियो, यस भित्रका धेरै कुरा बुझ्न म राष्ट्र बैंकमा नै उपस्थित भएर घण्टौ किताबहरु पढेर पनि बसेको छु’ उनले भने, ‘राष्ट्र बैंकका त्यतिबेलाका सरहरु (हाल नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी, हाल नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृत रहेका रमण नेपाल र हाल प्रभु लाइफ इन्स्यारेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका नारायण पौडेल) ले सिकाएका कुराहरु फलो गर्दै गए, म आउनुभन्दा अगाडी १० प्रतिशत बोनश दिएको बैंक एकै वर्षमा १७ प्रतिशत बोनश खुवाउने भयो ।’ 

अहिले यो बैंक छैन । सेञ्चुरी बैंकमा बिलय भएपछि उनी पनि बोर्डमा छैनन् । 

उनी अहिले ५ मेगावाट क्षमताको ङादी हाइड्रोपावर (बिजुली उत्पादन भइसकेको) र पीपीए लेवलमा पुगेको मिड रावाखोला हाइड्रोपावरको बोर्ड डाइरेक्टर छन् । 

‘ड्राइभरलाई नै साहु बनाएँ’

‘बुबाले सधैँ परोपकार गरे र अरुलाई दिए मात्रै खुशी मिल्ने बताउनुहुन्छ’ सत्यनारायण भन्छन्, ‘यही कुराले मलाई सधैँ परोपकार गर्ने चाहाना मिलिरहन्छ ।’ 

बुबाका यस्ता उक्तिहरु सुनेर उनले कसैबाट लिन होइन दिन मात्रै खोजिरहे । नेशनल फाइनान्सबाट २५० हजार रुपैयाँ ऋण लिएर उनले सिप्रदीबाट ढुवानीका ७ वटा गाडी झिके । सातै वटामा चालक राखे । आफूले कमाउँदै गएपछि किस्ता तिरेर सके । गाडी आफ्नो नाममा ल्याए । यसपछि भने उनले चालकहरुलाई नै गाडी दिने बिचार गरे ।

घाटा भए आफूले ब्यहोर्ने र नाफा भए तिमीहरुले मलाई किस्ता तिर्नु र गाडी आफ्नै बनाउनु भनेर चालकलाई प्रस्ताव राखे । ७ मध्ये ४ चालकहरु राजी भए । अहिले उनीहरु आफैँ गाडी धनी भएका छन् । नेपालभर सामान ढुवानी गर्छन् ।

घाटा भए आफूले ब्यहोर्ने र नाफा भए तिमीहरुले मलाई किस्ता तिर्नु र गाडी आफ्नै बनाउनु भनेर चालकलाई प्रस्ताव राखे । ७ मध्ये ४ चालकहरु राजी भए । अहिले उनीहरु आफैँ गाडी धनी भएका छन् । नेपालभर सामान ढुवानी गर्छन् ।

धारखोलामा धान बेच्ने पसल थियो । राम बहादुर दनुवारलाई कामदारका रुपमा राखेका थिए । तर उनलाई कताकता पैसामा कामदार राख्दा चित्त बुझेन । अनि ड्राइभरलाई जस्तै प्रस्ताव सुनाए । तर राम बहादुर मानेनन् । फेरि सम्झाए, सके किस्ता तिर्नु नसके पर्दैन भनेर पसल उसको जिम्मा लगाए । रामबहादुर अहिले धारखोलाकै ठूलो मध्येको एक व्यापारी छन् ।

महासंघमा अब्बल

हाल घरेलु तथा साना उद्योग महासंघको कोषाध्यक्ष रहेका सत्यनारायण प्रजापति २०५४ सालमा भक्तपूर घरेलु संघको सदस्यका रुपमा महासंघमा प्रवेश गरेका थिए । २०६१ देखि २०६५ सम्म भक्तपूरको जिल्ला अध्यक्षको भूमीका कुशलतापूर्वक निर्वाह गरेका उनी २०६६ देखि २०६७ सम्म महासंघको केन्द्रीय सदस्य बने । २०६७ देखि २०७० सम्म केन्द्रीय सदस्य तथा मेला कमिटीको सभापति बने । २०७० देखि ७२ सम्म सहकोषाध्यक्ष रहेका उनी २०७२ देखि हालसम्म भने महासंघको केन्द्रीय कोषाध्यक्षकै भूमीकामा छन् ।

महासंघको ७७ वटै जिल्लामा संघ छ । तर भक्तपूर यस्तो जिल्ला हो, जहाँ संघको आफ्नै भवन हुनुपर्छ भनेर महासंघको इतिहासमै पहिलो पटक जग्गा किनियो । यति मात्रै नभई हाल पूर्व अध्यक्ष रहेका उनकै संयोजकत्वमा घर पनि बनिसकेको छ । संघको भवन बनाउन आफूले ब्याजमा १० लाख रुपैयाँ पैसा लिएर संस्थालाई ब्याज नलिने गरी सहयोग गरे ।

यति मात्रै नभई, महासंघको मेला कमिटी सभापति हुँदा उनले ४ वटा नारासमेत बनाए ।

‘नेपाली बस्तुको प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’, ‘मेहनत, सिर्जना, बस्तु र उत्पादन मेरै नेपालको’, ‘उद्योग गरौँ, उद्यमी बनौँ, देश विकासमा पाइला पाइला गर्दै सहयोग गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठऔँ नेपाल’ उनले सिर्जना गरेका नारा हुन् । आज यी नारा राष्ट्रप्रेमी जनजनको कण्डमा झुण्डिएका छन् । जापान, कोरिया, हङकङ, बंगलादेश, चीन, भुटान र भारतको भ्रमण गरेका उनी मेहनत, इमान्दारीता र साहस बोकेर अघि बढे जीवनमा असफलता कहिल्यै नआउने बताउँछन् ।  सत्यनारायण भन्छन्, ‘मानिस अरुसँग होइन, आफैँसँग आशावादी हुनुपर्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved