सहकारी र वकालतको पेशासँगै बीमा अभिकर्ता: आकर्षक कमाई, दर्जनौं देशको यात्रा

विजया बास्कोटा

विजया बास्कोटा

Oct 16, 2020 | 11:04:29 PM मा प्रकाशित

laxmi  sunrise bank

युवराज बस्नेत बीमा अभिकर्ता पेशामा परिचित नाम हो । सफल अभिकर्ताको नाममा उनको नाम जोडिन्छ । उनको नाम बीमा क्षेत्रमा नसुन्ने थोरै मात्र होलान् । एक दशकअघि यस पेशामा जोडिन पुगेका बस्नेत अन्य पेशासँगसँगै अभिकर्ता पेशामा लागेर राम्रो कमाई गर्न सकिन्छ भन्ने एक उदाहरणीय पात्र हुन् । २०६० सालदेखि यस पेशालाई अगालेका उनी अहिले नेशनल लाइफ इन्स्योरेन्समा चिफ विजनेश म्यानेजरका रुपमा कार्यरत छन् । 

सहकारीको पेशालाई मूख्य पेशा बनाएर अघि बढेका बस्नेतको अभिकर्ता पेशा भने समय मिल्दा गर्ने पेशा हो । सहकारी र अभिकर्ता पेशालाई अगाल्दै आएका बस्नेत अफिस टाइमबाट बचेको समय बीमा व्यवसायमा खर्चिन्छन् । सहकारी उनको मूख्य पेशा हो भने अभिकर्ता पार्ट टाइम काम गर्ने पेशा  । सहकारी पेशासँगसँगै अभिकर्ता पेशालाई साथमा लिएर हिडेका उनी छोटो समयमा नै अभिकर्ता पेशामा सफल हुन पुगे । छोटो समयमा नै बीमा क्षेत्रमा सफल र उत्कृष्ट अभिकर्ताको रुपमा स्थापित हुन पुगे । 

अभिकर्ताको यात्रा 

सहकारी र वकालत पेशालाई अगाल्दै आएका बस्नेतलाई बीमा क्षेत्रले विगत एक दशक भन्दा अघि डोर्यायो । सहकारीमा रहँदा एक जना साथिको सल्लाहमा उनी एलआईसी नेपालले सञ्चालन गर्ने बीमा अभिकर्ता पेशाको तालिममा सहभागी हुन पुगेका थिए । त्यहाँ पुगे पछि पार्ट टाइम कै रुपमा अभिकर्ता पेशामा रहेर काम गर्दा राम्रै आम्दानी हुन्छ भन्ने थाहा पाए, र २०६० सालदेखि यस पेशामा लागे । उनले २०६६ सालसम्म एलआइसी नेपालमा रहे । ६ वर्षको अवधिमा उनले त्यहाँ राम्रोसँग काम गरे । ६ वर्षसम्म एलआइसी नेपालमा काम गरे पछि उनी नेशनल लाइफ इन्स्योरेन्समा जोडिन पुगे । 

नेशनल लाइफमा आवद्ध भए पछि उनी झन सफल हुँदै गए । यहि पेशामा लागे पछि उनले आधा दर्जनभन्दा बढी मुलुकको भ्रमण गर्ने मौका पाए। समाजमा नाम स्थापित गर्न सफल भए । अभिकर्ता पेशालाई पार्ट टाइमका रुपमा लिए पनि उनी सफल भए । 

“अभिकर्ता पेशा चाडै सफल हुने पेशा भने होईन्, निरन्तरता र धैर्यतालाई आत्मसाथ गर्ने व्यक्ति भने यो पेशामा सफल हुन्छन् ।”  - बस्नेत

कठिनाई

बस्नेत यस पेशामा लाग्दै गर्दा बीमालाई नजिकबाट नियाल्ने मानिस थोरै थिए । बीमाको प्रस्ताव लिएर जाँदा सहजै स्वीकार गरिहाल्ने मानिसको संख्या एकदमै न्यून थियो । तर त्यो समयको तुलनामा बीमालाई बुझ्ने वा बुझेर बीमा गर्ने मानिसको संख्यामा वृद्धि आएको उनी बताउँछन् ।

संघर्ष र कठिनाईहरु सम्झिदै उनी भन्छन् ‘आज पनि बीमा बजारलाई आममानिसले सकारात्मक नजरले हेर्ने परिपाटिको विकास त भएको छैन्, तर पनि तुलनात्मक रुपमा नियाल्ने हो भने केही फरकपन भने आएको छ । 

बस्नेत भन्छन्, ‘जब म बीमा बजारमा प्रवेश भएको थिए त्यसको तुलनामा बीमालाई हेर्ने नजर र बुझाईमा केही फरकपन भने आएकै हो । बीमाको प्रस्ताव लिएर जाँदा मान्छेहरुले सहजै स्वीकारै गर्दैनन् थिए । तर आज त्यो अवस्थामा केही सुधार आएको छ ।’ 

त्यो समय नेटवर्किङ् व्यापारहरु नेपालमा गैरकानूनी रुपमा देखा परेका थिए । त्यो बेलाको समयमा मानिसहरुको मन जित्न कठिन थियो उनलाई। ती कम्पनीहरुले दिएको धोकाको कारणले मानिसहरुमा बीमा प्रति नै नकारात्मक धारणा पैदा गरेको थियो। यस्तो परिस्थिलाई चिर्न पनि केही समय लाग्यो । 

अभिकर्ता पेशा मै रहन्छु

सहकारीसँगसँगै अभिकर्ता पेशामा रहेका बस्नेतको आगामी योजना पनि यहि पेशा मै रहने छ । २०६० सालदेखि अभिकर्ता पेशामा आवद्ध हुन पुगेका बस्नेत २०६७ सालसम्म एलआइसी नेपालमा रहे । २०६७ सालदेखि भने उनी नेशनल लाइफ लाइफमा छन् । अभिकर्ता पेशालाई पार्ट टाइमका रुपमा लिएका बस्नेतको सहकारीसँगै अभिकर्ता पेशा मै रहने उनको सोच छ ।

पार्ट टाइमका रुपमा यस पेशा अगालेका बस्नेत  भन्छन्, ‘यो पेशाले मेरो नामलाई अझ परिचित गरायो । विभिन्न देशहरुको भ्रमण गर्ने अवसर पाए । त्यहि भएर पनि यो पेशालाई सहकारीसँगै साथमा लिएर हिड्छु ।’ 

शिक्षण पेशा छोडेर अभिकर्ता, साइकलदेखि कार सम्मको यात्रा

बीमाको पहुँच वृद्धिका लागि यी कदम

नेपालले बीमा व्यवसायको अभ्यास थालेको लामो समय भएता पनि बीमाको दायरामा आएको जनसंख्या थोरै छ । बीमाको दायरा वृद्धिका लागि बीमा कम्पनी, बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति र बीमा अभिकर्ताको उत्तिकै भुमिका हुने उनको अनुुभव छ । बीमा समितिले बीमा सचेतनाका कार्यक्रम चलाउनु पर्ने कुरामा उनको जोड छ । उनी भन्छन्’ यसका साथै बीमा कम्पनी तथा अभिकर्ताहरुले पनि आआफ्नो ठाउँबाट भुमिका खेल्नु पर्दछ ।’ साथै, अभिकर्ताले पनि आफ्नो ठाउँबाट बीमा सचेतना वृद्धि गर्नु पर्ने उनको जोड छ । ‘जीवन बीमा व्यवसायका मूख्य पात्र मानिने हामी अभिकर्ताको पनि बीमाको पहुँच वृद्धिका लागि उत्तिकै मत्वपूर्ण भुमिका हुने गर्दछ ।’

घर परिवारको साथ

भनिन्छ कोही व्यक्तिको सफलता पछि कसैको साथ र सहयोग हुन्छ । सफलता हात पार्नका लागि ती व्यक्तिले सधै साथ दिन्छन् । उनको सफलता पछि पनि उनकोे घर परिवारको साथ र सहयोग छ । उनका परिवारका सबै सदस्य शिक्षित छन् । परिवारका सबै सदस्यहरुले साथ दिएको उनी बताउँछन् । 

बस्नेतकी श्रीमति पनि नेशन लाइफ इन्स्योरेन्स कम्पनीको चिफ बिजनेश म्यानेजर पदमा कार्यरत छिन् । दुवै जना मिलेर यो पेशामा सफल हुन सकेको उनको दावी छ । उनी अफिस टाइम सहकारीमा व्यस्त हुन्छन् । अफिस टाइमबाट बचेको समय भने उनी अभिकर्ता पेशालाई दिन्छन् । अफिस टाइमबाट बचेको समय उन खेर फाल्न चाहादैनन् ।  र पुगि हाल्छन् सर्वसाधरणलाई बीमा बुझाउँन ।  

मिहिनेत गरे सफल भईन्छ 

पछिल्लो समय बीमा अभिकर्ता पेशा प्रति मानिसहरुको आकर्षण बढ्दो छ । छोटो समयमा नै राम्रो कमाई हुने देखेर यस पेशामा लाग्ने मानिसको संख्या धेरै छ । तर कमाई राम्रो हुने पेशा देखेर यस पेशामा लागेका सबै मानिस सफल भने नहुने उनको भोगाई छ ।

किनकी जुनसुकै पेशामा पनि सफलता हात पार्नका लागि मेहेनत, धर्यता र लगनशिलताको खाँचो पर्छ । यस पेशामा जो व्यक्ति मेहेनत गर्छ,  धर्यतालाई साथ राख्छ र लगनशिल भएर काम गर्छ त्यो व्यक्ति सफल हुने उनको जोड छ । 

एक बीमा अभिकर्तामा पारदर्शिता, लगनशीलता, वोलिमा मिठासपन, हसिलो व्यवहार र धर्यता जस्ता गुणहरु हुनु आवश्यक हुनु पर्ने उनको भोगाई छ । 

शिक्षित परिवार

मध्यम वर्गीय परिवारमा जन्मन पुगेका बस्नेतको परिवार शिक्षित छ । परिवारका सब जना शिक्षित छन् ।  सबैजना माथिल्लो पोष्टमा कार्यरत छन् । सरकारको उपल्ले तहमा जागिरे छन् । परिवार शिक्षित भएकै कारणले उनले नि राम्रो शिक्षा हासिल गर्ने अवसर पाए ।  

नयाँ बीमा कम्पनी आए पछि बीमाको दायरा बढ्यो 

केही वर्ष पहिले नेपालमा बीमाको पहुँच थोरै मानिसमा मात्रै थियो । त्यो जनसंख्यामा अहिले भने वृद्धि भएको उनको भोगाई छ । बीमाको पहुँच वृद्धि आउनुमा उनी नयाँ बीमा कम्पनीहरु बीमा बजारमा प्रवेश गर्नुको कारण हो भन्छन् उनी । 

नयाँ बीमा कम्पनीमा बजारमा प्रवेश गर्नु र नियामक निकायले बीमाको पहुँच विस्तारका लागि गरेको सचेतना कार्याक्रमले गर्दा बीमाको पहुँचमा वृद्धि आएको उनको जोड छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved