अब सामान बेचेको बिलका आधारमा ऋण, 'क्विक भुक्तानी' मार्फत साहुकार ट्रेन्डको अन्त्य !

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2018 | 08:22:53 PM मा प्रकाशित

laxmi  sunrise bank

साना, मझौंला  र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिलाउन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम सक्षम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनल प्रालिले अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्मु तयार पारेको छ। 

सक्षमका टिम लिडर निर्मल दाहाल तथा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन। कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र बुद्ध एयरका वित्त निर्देशक रमेश लुईंटेल उपस्थित थिए।   

साझेदारी अन्तर्गत एफवान सफ्ट इन्टरनेशनलले क्विक भुक्तानी नामक एउटा प्ल्याटफर्म तयार पारेर त्यसलाई सञ्चालन गर्नेछ। यो प्लेटफर्मले ठूला व्यापारिक फर्म तथा कम्पनीका साना तथा मझौला आपूर्तिकर्तालाई बैंकमार्फत जोड्नेछ। जसबाट  ठूला व्यापारिक फर्म तथा कम्पनीका लागि सामान आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले तुरुन्तै कर्जा पाउनेछन्। 

यो प्लेटफर्म प्रयोग गरेर बैंकले आपूर्तिकर्तालाई उनीहरुले सामान तथा सेवा विक्रि गर्ने ठूला व्यापारिक फर्म तथा कम्पनीले जारी गरेको विलका आधारमा छोटो अवधिको जोखिमरहित कर्जा दिन सक्नेछन्। यसबाट सामान तथा सेवा आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले विना धितो सहज ढङ्गले ऋणको सुविधा पाउनेछन्। 

सक्षमका टिम लिडर निर्मल दाहालले व्याक्ति तथा व्यापार दुवैले डिजिटल इनोभेसनमार्फत वित्तीय स्रोतमा सहज पहुँच प्राप्त गरेको बताए। ‘सक्षम भाग्यमानी पनि छ र यस्ता इनोभेशनलाई हामीले जोडदाररुपमा वकालत पनि गरेका छौं, र यो नयाँ विकास पनि त्यही यात्रामा एउटा नयाँ पाइला हो' उनले भने। 

डिजिटल इनोभेशनलाई जोड दिंदै एफवान सफ्टका सिइओ सुवाश शर्माले नेपालको नेतृत्वदायी फिनटेक कम्पनीका रुपमा त्यस्ता फाइनान्सियल टुल तयार गर्न पाउँदा खुशी लागेको बताए। 'हाम्रा इनोभेशनहरुले हरेक व्याक्तिलाई सरल, सुरक्षित र सस्तोमा सँधै वित्तीय पहुँच दिन्छन्, छिटो भूक्तानीले साना तथा मझौला उद्यमी मात्रै होइन ठूला कम्पनीलाई पनि फाइदा पुग्नेछ, यो साझेदारी तथा परियोजनाको सम्भावनाका कारण हामी निकै उत्साहित पनि छौं' उनले भने।

कार्यक्रममा उपस्तिथ बुद्ध एयरका वित्त निर्देशक रमेश लुईंटेलले एफवान सफ्टले नेपालमा पहिलो पेमेन्ट गेटवे 'इसेवा' ल्याएर भुक्तानीलाई प्रबिधिमैत्री बनाएजस्तै क्लिक भुक्तानीले साहुकारको संस्कारलाई अन्त्य गर्ने बताए। अहिलेका दिनमा पनि सामान बेचेको आधा बर्ष बित्दा समेत भुक्तानी नपाउने अवस्थाले सामान आपूर्ति गर्ने साना मझौला तथा ठुला आपूर्तिकर्ताले साहुहरुबाट बार्षिक ६० प्रतिशतको ब्याजदरमा ऋण लिन बाधे भएको सुनाउदै लुइँटेलले क्लिक भुक्तानीले यो बेतिथीलाई हटाउने बिश्वास व्यक्त गरे।   

सन् २००४ मा स्थापना भएको एफवान सफ्ट इन्टरनेशनल नेपालको फाइनान्सियल टेक्नोलोजीमा नेतृत्वदायी कम्पनी हो। कम्पनीमा अहिले चार सय जनाले काम गरिरहेका छन्। सक्षम युके एडको वित्तीय लगानीमा सञ्चालित वित्तीय पहुँच सम्वन्धी कार्यक्रम हो। डिफिड नेपालका लागि यो कार्यक्रम लुइस बर्जरले स्थानीय तथा अन्तराष्ट्रिय संस्थासँगको सहकार्यमा सञ्चालन गरिरहेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved