कुलमानलाई इन्टरनेट सेवा प्रदायकको जवाफ 'तार काटे हामी बनाउन जादैनौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 12:39:45 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट तथा टीभी सेवा प्रदायक संस्थाहरूले सरकारलाई तालाचाबी बुझाउने चेतावनी दिएका छन। सरकारले एकै पटकमा ५०० प्रतिशतका दरले वृद्धि गरेको शुल्क तिर्न नसक्ने भन्दै उनीहरुले देशभर इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध हुने चेतावनी दिएका हुन। 

इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदी नयाँ दरअनुसार पोल भाडा तिर्ने नसक्ने बताउँदै त्यहि कारणले तार काट्दा पर्ने सम्पूर्ण असरको जिम्मा सरकारले लिनुपर्ने बताए। उनले बढेको दर अनुसारको शुल्क तिर्न नसक्ने बताउँदै सरकारलाई तालाचाबी बुझाउन बाध्य हुने अवस्था आएको बताए।

संयोजक सुवेदीले आफुहरु यस समस्या समाधान गर्न वार्तामा बस्न तयार रहेको बताएका छन् । सेवा ठप्प पार्ने आफ्नो मनशाय नरहेको बताउदै संयोजक सुवेदीले वार्ताबाट नै निकाश खोजिनु पर्ने बताएका हुन् । यदि बिद्युत प्राधिकरणले लाइन काट्ने सुरु गर , आफुहरु उक्त लाइन जोड्न नजाने चेतावनी पनि उनले दिएका छन् । शुल्क वृद्धि गर्दा त्यसको मार उपभोक्तालाई नै पर्ने हुँदा एकै पटक ५ सय प्रतिशत शुल्क बृद्ध गरिनु गलत भएको उनले बताए । एक पटकमा २० प्रतिशत भन्दा बढी शुल्क बढाउन नपाउने नियम हुदा हुदै प्राधिकरणले गैर कानुनी रुपमा शुल्क बृद्दि गरेको आरोप उनले लगाए । 

प्राधिकरणले २०७५ साउन १ देखि पोलमा तार टाङ्ने र अप्टिकल फाइबर बिछ्याएको भाडा दर ५०० प्रतिशतले वृद्धि गरेको छ। यसअघि  नगरपालिकाका पोलहरुमा इन्टरनेट र टेलिभिजनको तार टाँगेको प्रति किलोमिटर प्रतिवर्ष ५ हजार ५० रुपैयाँ उठाउदै आएकोमा प्राधिकरणले नयाँ दररेट लगाएर १४ हजार ४ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी गाउँपालिकामा प्रतिवर्ष प्रति किलोमिटर १२ सय ५० लिदैं आएकोमा प्राधिकरणले १४ हजार चार सय तिर्नुपर्ने बनाएको छ। त्यस्तै अप्टिकल फाइबर केबल बिछ्याएको नयाँ दररेट अनुसार प्रति किलोमिटर प्रति कोर प्रति वर्ष १४ हजार ४ सय भएकोमा ७२ हजार तिर्नुपर्ने भएको छ। 

नेपाल विद्युत प्राधिरकणका प्रवन्ध निर्देशक कुलमान घिसिङले इन्टरनेट र टेलिभिजिन सेवा प्रदायकलाई न्यायसंगत शुल्क बढाइएका दाबी गरेका छन। घिसिङले केवल टेलिभिजन र इन्टरनेट सेवा प्रदायकले पोलमा टाँग्ने तारको नयाँ भाडादरमा मंगलबारसम्म सम्झौता नगरे तार काट्न सुरु गरिने बताएका छन।  तर संयोजक सुवेदीले भने आफुहरुलाई प्राधिकरणबाट कुनै पनि पत्र नआएको बताएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved