प्रधानमन्त्रीले साबेल चलाएर सुरु गरे अप्टिकल फाइबर बिछ्याउने काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 02:38:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर योजनाको शिलान्यास गरेका हुन् ।

नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि काम अघि बढ्ने भएको हो । टेलिकमले पाचँथरको चिवा भञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न लागेको छ । मध्यपहाडी लोकमार्गको ८ सय ४ किलोमिटर  र राजमामार्गबाट विभिन्न स्थान लिंक गर्न १ हजार पाँच सय ७२ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याउने काम गर्ने टेलिकमको योजना छ ।

टेलिकमले ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने भएको हो । सदरमुकाम जोड्न अप्टिकल ४८ कोर र नगरपालिकाहरु जोड्न २४ कोरका फाइबर प्रयोग गरिने जनाईएको छ । अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउनेछ । प्राधिरकण र नेपाल टेलिकमबीच २०७३ असोज १२ गते नै सम्झौता भएको थियो । 

टेलिकमले यो योजनाका लागि कोरियाको एलएस केबुल्सले प्रदेश १ को पाँच सय ९६ किलोमिटरमा काम गर्ने, नेपालको अरोग्य कन्स्ट्रक्सनसहित चिनियाँ कम्पनीको जेभीले प्रदेश २ को एक हजार २८ किलोमिटरमा काम गर्ने गरी सम्झौता गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved