हजार बढी स्थानमा एनसेलको फोरजी सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 08:57:53 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले एक हजारभन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ । एनसेलले आइतबार आफ्नो फोरजी सेवा हजार बढी स्थानमा पुगेकोे घोषणा गरेको हो । 

“हाम्रा ग्राहकहरुलाई दु्रत गतिको मोबाइल कनेक्टिभिटीमा पहँुच सुनिश्चित गर्न, शहरी क्षेत्र भन्दा बाहिरका स्थानहरु समेत फोरजी सेवा विस्तार गरिएको जानकारी दिन पाउँदा हामी हर्षित छौँ’ एनसेलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने । 

फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले सहजै एन्टरनेट प्रयोग गर्न सक्ने एनसेलको विश्वास छ । दुई वर्ष अगाडी जेष्ठ १८, २०७४ बाट एनसेलले आफ्नो फोरजी सेवा काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा शुरु गरेको थियो । कम्पनीले दुई वर्षमा ४४ जिल्लामा यो सेवा विस्तार गरेको छ ।  

आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेकाग्राहकले नजिकैको एनसेल सेन्टरमागई मात्र रु १ शुल्कतिरेर फोरजी चल्ने सिम (युसिम) लिन सक्ने एनसेलले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved