दृष्टबिहिनलाई टेलिकमको एण्ड्रोइड फोन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 02:49:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पु¥याउने उद्देश्यले एण्ड्रोइड स्मार्टफोन सिमकार्डसहित वितरण गरेको छ ।  

टेलिकमले सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा दृष्टि सम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराएको हो । 

‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रम मार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका २० जना दृष्टिविहीन विद्यार्थीलाई कम्पनीले सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराउनेछ । 

विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved