अब बाढी आउनु अगाडी नै मोबाइलमा म्यासेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 02:10:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर सम्भावित विपद् क्षेत्रका वासिन्दालाई विपद् सम्बन्धी पूर्व जानकारी एसएमएसबाट प्रदान गरिरहेको छ । वर्षायामको प्रारम्भसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोलगायतका प्राकृतिक विपद् आउने सम्भावना रहेकोले यसबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न कम्पनिले मोबाइलमार्फत निःशुल्क सन्देश पठाइरहेको छ ।

हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यस सम्बन्धी सन्देश मार्फत पूर्वजानकारी गराइएको कम्पनिले जनाएको छ । 

यो सेवा बिशेषगरी महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुलाइ प्रदान गरिएको छ । 

यसका लागि नेपाल टेलिकमले सम्भावित विपद् क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध गराइरहेको छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्नेगरी समूहगत सन्देश (BULK SMS) मार्फत आवश्यक जानकारी पठाउने गर्दछ । यो सेवा कम्पनिले निशुल्क उपलब्ध गराइरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved