टेलिकमले ल्यायो छुट अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 02:49:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले अन्तराष्ट्रिय रोमिङ शुल्कमा छुट उपलब्ध गराएको छ । जिएसएम प्रिपेड मोबाइल सेवामा अन्तर्राष्ट्रिय रोमिङ सुविधा पश्चात भारतमा जाँदा नेपाल लगायत जुनसुकै मुलुकबाट आएको फोन उठाउँदा प्रतिमिनेट करसहित १४ रुपैयाँ मात्र लाग्छ । यसैगरी भारतमा रहँदा उक्त सेवामार्फत नेपालमा वा भारतमा फोन गर्दा प्रतिमिनेट करसहित ३० रुपैयाँ लाग्नेछ भने २४ रुपैयाँमा विश्वभर सन्देश पठाउन सकिनेछ । 

यसका चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट ९० रुपैयाँ र नेपाल लगायत विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट ५३ रुपैयाँ लाग्ने छ । यसैगरी चीनभरी जुनसुकै नम्बरमा (कम्पनीको जिएसएम प्रिपेड मोबाइलमा समेत) कुरा गर्दा प्रतिमिनेट ५० रुपैयाँ र त्यहाँबाट विश्वभर जम्मा ५४ रुपैयाँमा सन्देश पठाउन सकिने छ । 

सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि सुरु गरेको रोमिङ सेवा अहिले विश्वभरका ८७ वटा मुलुकबाट उपलब्ध छ । 

कम्पनीले जीएसएम पोष्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कलाई ३० हजारबाट घटाएर १० हजार रुपैयाँ मात्र कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved