६ रुपैयाँमा टेलिकमको ‘मिस्ड कल अलर्ट’ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 02:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले प्रति महिना ६ रुपैँयामा मिस्ड कल अलर्ट सुविधा उपलब्ध गराएको छ । यो सुविधाको प्रयोग गरेपछि ग्राहकले आफ्नो मोबाइलमा आएका सबै कलका बारेमा जानकारी पाउन सक्ने कम्पनीले जनाएको छ । 

जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा उपलब्ध यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सक्नेछन् । यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुने टेलिकमले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved