टेलिकमको सिमबाट भारतमा पनि इन्टरनेट चल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 04:02:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited ले भारतमा अन्तराष्ट्रिय डाटा रोमिङ सेवा सुरु गरेको छ । विभिन्न ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायकसँगको सहकार्यमा पोस्पेडमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको टेलिकमले अब भारतमा बसेर नेपाली सिमकार्ड बाटै डाटा चलाउन सकिने सुविधा ल्याएको हो । 

हाल रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्र रहेकोमा आज (भाद्र २०) देखि छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध हुने भएको हो ।

अब नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएमसँगै इन्टरनेट सेवा पनि उपयोग गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved