सुमार्गीको ‘हेलो नेपाल’ को लाइसेन्स खारेज गर्ने निर्णय सदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 04:37:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले अजयराज सुमार्गीको नेपाल स्याटलाइट प्रालि अन्तर्गतको 'हेलो नेपाल' को लाइसेन्स खारेजी सम्बन्धि मुद्दामा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अदालतले उनको कम्पनीको लाइसेन्स खारेज गर्ने दुरसञ्चार प्राधिकरणको निर्णय नै सदर गरिदिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले बक्यौता रकम नतिरेकोले प्रकिया पुरा गरी लाइसेन्स खारेज भएको देखिएकोले अन्तरिक आदेश जारि गर्नु नपर्ने उल्लेख गरेको हो ।

प्राधिकरणको निर्णय चित्त नबुझे सरकारसमक्ष उजुरी गर्न पाउने व्यवस्था हुन्छ । तर उनी सरकार समक्ष उजुरी नगरी सर्वोच्च अदालत पुगेका हुन्।

प्राधिकरणले बक्यौता रकम नबुझाएको भन्दै भदौ ५ गते कम्पनीको लाईसेन्स खारेज गरिदिएको थियो। प्राधिकरणका अनुसार कम्पनीले सात करोड १० लाख ६८ हजार तीनसय रूपैँया बक्यौता बुझाउन बाँकि छ ।  प्राधिकरणले  भदौ १ गतेसम्म रकम दाखिला गर्न र तीन महिनाभित्र सम्पूर्ण वक्यौता रकम बुझाउन साउन १७ गते कम्पनीलाई पत्राचार गरेको थियो। 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved