२६ शहरमा टेलिकमको फोरजी सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 10:14:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आज बुधबारदेखि२६ वटा सहरमा फोरजी सेवा सुरु गरेको छ । मूलुकभरी नै फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा २६ शहरमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिएका छन् । 

टेलिकमले मुख्य सहरहरुमा झापाको दमक र बिर्तामोड, सुनसरीको धरान र इटहरी, मोरङको विराटनगर, धनुषाको जनकपुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौँडा, चितवनको भरतपुर, रुपन्देहीको बुटवल, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढी सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ ।

साना सहरहरुमा रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु भएको छ । ‘फोरजी’ सेवा चलाउन मोबाइल सेटसँगै सिमकार्ड पनि ‘फोरजी’लाई सपोर्ट गर्ने हुनुपर्नेछ । आफ्नो सिमकार्ड ‘फोरजी’ सेवा सपोर्ट गर्छ कि गर्दैन भन्ने जान्न स्टार ४४४ अनि ह्यास डायल गर्न टेलिकमले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved