टेलिकमको फोरजी एलटीई सेवा: ३७ जिल्लाका ६० शहरमा (सुची सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 07:27:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले देशव्यापी रुपमा नयाँ प्रविधिको फोरजी एलटीई सेवाको सफ्ट लन्च गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्सिङमार्फत कुराकानी गरेर सो सेवाको शुभारम्भ भएको हो। 

कम्पनीमा सञ्चालित ९ वटा ठूला परियोजना मध्ये फोरजी÷एलटीई सेवाको विस्तार पहिलो सफलताको पाइलाको रुपमा लिइएको छ। फोरजी÷एलटीई मोबाइल सेवाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ। यो सेवा १ वर्षको समयावधिमा सम्पन्न हुने बताइएको छ। 

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फोरजी÷एलटीई मोबाइल सेवाको विस्तारले मुलुकलाई डिजिटलाइज्ड गर्न महत्वपूर्ण सहयोग पुग्ने बताएका छन। यो सेवाले  उत्पादन, अर्थतन्त्र, वितरणदेखि सूचना र ज्ञानको विस्तारमा यसले चमत्कारिक गतिशीलता ल्याउने उनको बिश्वास छ। 

हालसम्म टेलिकमले असोज १५ गते संचालनमा ल्याएको फोरजी सेवा ३७ जिल्लाका ६० वटा शहरमा पुगेको छ। हाललाई ८०० मेगाहर्ज र १८०० मेगाहर्जमा सेवा संचालन छ। पछि २३०० मेगाहर्जमा पनि संचालन हुने जनाइएको छ। प्रारम्भिक परिक्षणमा अधिकतम डाटा स्पिड २४७ एमबीपीएस र औषत डाटा स्पिड १३० एमबीपीएस देखिएको छ।     

फोरजी एलटीई मोबाइल सेवा सञ्चालन भएका जिल्लाहरु: 

१. धनकुटा २. झापा ३. मोरङ ४. सुनसरी ५. बारा ६. चितवन ७. धादिङ ८. धनुषा ९. दोलखा १०. काभ्रेपलाञ्चोक ११. महोत्तरी १२. मकवानपुर १३. नुवाकोट १४. पर्सा १५. रामेछाप १६. रसुवा १७. रौतहट १८. सर्लाही, १९. सिन्धुली, २०. बागलुङ २१. कपिलवस्तु २२. म्याग्दी २३. नवलपरासी २४. पाल्पा २५. पर्वत २६. रुपन्देही २७. बाँके २८. बर्दिया २९. दाङ ३०. सुर्खेत ३१. कैलाली ३२. कञ्चनपुर ३३. तनहुँ ३४. मुस्ताङ ३५ लमजुङ ३६. सप्तरी ३७. सिराहा 

शहर सूची 

१. भीमदत्त २.झलारी पिप्लाडी ३.अत्तरिया ४.धनगढी ५.चौमाला ६.मसुरिया ७.सुख्खड ८.लम्की ९. टिकापुर १०.सुर्खेत ११. गुलरिया १२. कोहलपुर १३. नेपालगञ्ज १४. घोराही १५. लमही १६. तुलसीपुर १७. बेनी १८. कुस्मा १९. बागलुङ्ग २०. तानसेन २१. लुम्बिनी २२. भैरहवा २३. मङ्गलापुर २४.बुटवल २५.मुर्गिया २६.सुनवल २७.देवदह २८.परासी २९.बर्दघाट ३०.भरतपुर ३१.टाँडी ३२.सौराहा ३३ धादिङ्ग ३४.बिदुर ३५.धुन्चे ३६.बनेपा ३७.धुलिखेल ३८.पनौती ३९.हेटौंडा ४०.सिमरा ४१.वीरगञ्ज ४२.कलैया ४३.चरिकोट ४४.मन्थली ४५.सिन्धुलीमाडी ४६.गौर ४७.मलङ्गवा ४८.जलेश्वर ४९.जनकपुर ५०.धनकुटा ५१.धरान ५२.इटहरी ५३. इनरुवा ५४.विराटनगर ५५.दमक ५६.विर्तामोड ५७.चन्द्रगढी ५८.बेशीसहर ५९.भारदह ६०. बस्तिपुर

                                     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved