टेलिकमले ल्यायो नयाँ डाटा प्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 03:28:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले ०७६ कात्तिक ०१ देखि लागु हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । टेलिकमले दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका डाटा रोमिङ प्याक संचालन गरेको हो ।

टेलिकमका अनुसार दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध छ । यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा तथा मासिक प्याक अन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा उपलब्ध छ । 

डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनु पर्ने टेलिकमले जनाएको छ । प्रिपेड ग्राहकहरुले आफ्नो मोबाइलबाट *1415# डायल गरी वा नेपाल टेलिकम मोबाइल एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्ने छन्। पोष्टपेड मोबाइल ग्राहकहरुले यो सेवा हालका लागि ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नु पर्नेछ । खरिद गरेकै समयदेखि उपरोक्त प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकहरुको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिष्टर्ड (Latch) भइसकेपछि मात्र रोजाइका प्याकहरु टेलिकम एप  मार्फत अथवा  *1415#  डायल गरी खरिद गरेमा प्याकको पूर्ण सदुपयोग गर्न सकिने हुन्छ । 

ग्राहकले उक्त प्याकहरु टेलिकमको मोबाइल एप मार्फत तथा  *1415#  डायल गरी International Service मेनुभित्र गई प्राप्त निर्देशन बमोजिम खरिद गरी प्रयोगमा ल्याउन सक्ने छन्। साथै एसएमएस मार्फत पनि प्याकहरु खरिद गर्न सकिन्छ । दैनिक, साप्ताहिक र मासिक प्याकहरु खरिद गर्न क्रमशः क्ष्ल्म्च्ःINDRM1D, INDRM7D र INDRM28D लेखी १४१५ मा एसएमएस पठाउनु पर्छ । 

कम्पनीले गत भाद्र २० देखि नै भारतमा डाटा रोमिङ सेवा उपलब्ध गराइरहेको छ ।  पर्वहरुको अवसरमा ग्राहकहरुलाई विशेष सुविधा प्रदान गर्न झण्डै स्थानीय दरमै डाटा रोमिङ प्याक ल्याइएको कम्पनीले जनाएको छ । हाल सञ्चालनमा ल्याइएको डाटा रोमिङ प्याक कम्पनीका पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने पनि कम्पनीले स्पष्ट पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved