वर्ल्डलिंकले भित्र्यायो विदेशी लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 11:24:01 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले बैदेशिक लगानी भित्र्याएको छ । कम्पनीले बेलायतबाट १२ मिलियन डलर लगानी ल्याएको हो ।  बेलायतको विकास वित्त संस्था सीडीसीले उक्त लगानी गरेको हो। वर्ल्डलिंकमा सीडीसी यूकेको करिब १० प्रतिशत स्वामित्व रहने गरी लगानी भित्राएको कम्पनीका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए ।

यो रकम १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबर हो । नेपालमा थप गुणस्तरीय सेवा प्रदान गर्न तथा इन्टरनेट सञ्जाल अझै विस्तार गर्न उक्त लगानी प्रयोग गरिने वर्ल्डलिंकले जनाएको छ। आफ्नो लगानीले वर्ल्ड लिंकलाई नेपालभरसेवा  विस्तार गरी हजारौ घरहरु र साना उद्यमीहरुलाई इन्टरनेटको पहुँचमा पुर्याउन मद्धत गर्ने सिडीसीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved