तिहारमा टेलिकमको अफर: रिचार्ज गर्दा बोनस तथा सहुलियत डाटा प्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 04:03:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतका अवसरमा आकर्षक योजना ल्याएको छ। मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने गरि योजना ल्याइएको टेलिकमले जनाएको छ।   

यो भन्दा पहिले देखि नै उपलब्ध फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफरहरुलाई समेत निरन्तरता दिइएको टेलिकमले जनाएको छ। जीएसएम,सीडीएमए प्रिपेड,पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध हुनेछ। 

यो योजना अन्तर्गत कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोस बाट रिचार्ज गर्दा बोनस उपलब्ध हुनेछ। टेलिकमकाअनुसार यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ। त्यस्तै रु. ५०।–, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । 

त्यसैगरी एमपोसबाट  रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ । 

पहिले देखि नै उपलब्ध अफरहरुलाई पनि निरन्तरता 

फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने र अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने टेलिकमले जनाएको छ। पहिलो पटक फोरजी÷एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved