सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सिम वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 04:57:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको छ । अभियान अन्तर्गत कम्पनीले कार्तिक २० गते बिर्तामोड, २२ गते वीरगन्जमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य गरेको छ । 

कम्पनीले आज २४ गते आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण गरेको जनाएको छ । अभियान अन्तर्गत आगामी कार्तिक २६ गते नेपालगन्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने टेलिकमले जनाएको छ । यसमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राकहरुलाई २ सय एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुनेछ ।  

 ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत असोज १५ गतेदेखि सातै प्रदेशमा फोरजी सेवा सुरु गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved