फोरजी सिमको प्रचारमा राजेशदेखि रबीसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 03:59:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नतिको कामलाई अभियानकै रुपमा अघि बढाएको छ । पहिलो चरणको गत कार्तिक २० गते विर्तामोडबाट सुरु भएको अभियान आगामी मंसिर ४ गते पोखरामा सम्पन्न गरिने कम्पनीले जनाएको छ 

टेलिकमले नागरिकको माग बमोजिम फोरजी सिम वितरण गरिनुका साथै टुजी÷थ्रीजीबाट फोरजीमा स्तरोन्नति समेत गरिएको जनाएको छ । 

यस कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण गरिएको थियो । पहिले टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकहरुलाई फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्क उपलब्ध गराईएको छ ।  

गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका प्रमुख शहरहरुमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचार गरेको छ । साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओड लगायत छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved