नेपालका ६ शहरमा एनसेल मेला हुँदै, यस्ता छन् मेलाका आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 10:22:39 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले जनाएको छ। 

यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप आयोजना गर्न लागिएको एनसेलले जनाएको छ। यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने एनसेलले लक्ष्य राखेको छ ।  

चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुती, किड्स जोन, गेम स्टलहरु र फुड स्टलहरुसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण यो एक दिने एनसेल मेलाको शुरुवात इटहरीबाट हुनेछ । 

मंसिर २८ गते (शनिबार) इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा यो मेला आयोजना गरिनेछ । यो मेला मंसिर ३० गते (सोमबार) बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदान,  पुष ३ गते (बिहीबार) जनकपुरको बाह्र बिधा मैदान र  पुष ५ गते (शनिबार) वीरगंजको आदर्शनगर रंगशालामा आयोजना गरिनेछ । 

त्यसैगरी यो एनसेल मेला पुष ९ गते (बुधबार) धनगढीको सुदुर पश्चिमाञ्चल एसपि चौकी मैदानमा आयोजना हुनेछ भने पुष १२ (शनिबार) बुटवलको सिद्घेश्वरी स्कुल मैदान, दीपनगरमा आयोजना पछि समापन हुनेछ । 

यी ६ वटै शहरहरुमा एनसेल मेला १० बजे शुरु भई कम्सर्ट सहित साझ ७ बजे सम्म चल्नेछ । गीत–संगीत, किड्स जोन, डिजीटल जोन देखि विभिन्न फिजीकल एक्टिभिटी बुथहरु, स्थानिय पर्यटन गन्तव्यहरुको प्रवर्धन र एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक अफर र उपहारहरु यस मेलामा समावेश गरिएका छन् । मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । 

मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । चर्चित कलाकार तथा सांगीतिक समुहहरुको सांगीतिक प्रस्तुती, बालबालिकाका मनोरञ्जनका विविध गतिविधी तथा गेम स्टलहरु, विदेशी कलाकारहरुको सुटिङ स्टार एक्ट, थिम गेमहरु र ओकुलस भर्चअल जोन यो मेलाको केही आकर्षणहरु हुन् । 

मेलामा गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाँई, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । वीरगंज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुती रहनेछ । 

किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेम तथा गतिविधीहरु हुनेछन् । युवाहरुका लागि पनि विभिन्न आकर्षक गेमहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो र अन्य थुप्रै कार्यक्रमहरु रहनेछन् । 

मेलामा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा दिदै आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् ।

दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।  एनसेलका ग्राहकहरुले मेला सम्बन्धि थप जानकारीका लागि १७१३३ मा डायल पनि गर्न सक्छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved