सागमा सहभागी हुनेलाई टेलिकमले बाढ्यो निःशुल्क फोरजी सिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2019 | 02:03:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले  १३औं दक्षिण एशियाली खेलकूद प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई फोरजी सिमकार्ड समेत उपलब्ध गराएको छ । प्रतियोगिताको पार्टनर स्पोन्सर रहेको टेलिकमले निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको हो ।  

टेलिकमले सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले  ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको हो ।  खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउण्टर राखी साग आयोजक कमिटीले दिम प्रदान गरिरहेको छ । 

त्यस्तै नेपाल टेलिकमले खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको छ । मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरहरुबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवाहरु सहजै र तीब्र गतिमा उपलब्ध हुने टेलिकमले जनाएको छ । 

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत सम्पूर्ण खेलकर्मीहरुको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ । ११६६ मार्फत कल गरेर यो सेवा लिन सकिने टेलिकमले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved