२५ सय किलोमिटरमा अप्टिकल फाइबर बिछ्याउँदै टेलिकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 03:40:50 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच समझदारी भएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउनेसमझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कर्णाली र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम, उत्तर–दक्षिणका साथै हुलाकी मार्गहरु, जिल्ला सदरमुकाम र नगरपालिकाहरुलाई समेत यस अयोजनाले अप्टिकल फाइबरको सञ्जालमा जोड्ने लक्ष्य छ । टेलिकमले निर्माण गर्ने यो आयोजनाले रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार हुने जनाईएको छ । साथै ती दुई प्रदेशका सहित बाँके र बर्दिया समेत गरी कूल २० जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार हुनेछ ।

यस आयोजना अन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा न्यूनतम ९६ कोरको तथा जिल्ला सदरमुकाम र नगरपालिकासम्म न्यूनतम क्रमशः ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ । 

यसका साथै आवश्यकता अनुसार ४०० गिगाविट प्रति सेकेण्डसम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी १०० गिगाविट प्रति सेकेण्ड क्षमताका पोर्ट तथा १० गिगाविट प्रति सेकेण्ड क्षमताका पोर्ट वा दुवैको मिश्रण रहेका कोर राउटर प्रयोगमा ल्याइने जनाईएको छ । यस अप्टिकल फाइबर सञ्जालमा करीब २६ स्थानमा डिडब्ल्युडिएम र ५२ स्थानमा राउटर प्रयोगमा आउनेछन् । 

विस्तृत अध्ययन पश्चात एक महिनाभित्र सम्झौता गरीसक्ने समझदारीमा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved