पहिलोपटकको लिलाममा टेलिकमलाई एनसेलले उछिन्यो, पायो १८०० ब्याण्डको फ्रिक्वेन्सी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 04:57:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसंचार प्राधिकरणले पहिलो पटक बोलकबोल मार्फत बिक्रि गरेको फ्रिक्वेन्सी एनसेलले पाएको छ। प्राधिकरणले लिलाममा राखेको ९००, १८०० र २१०० ब्याण्डको फ्रिक्वेन्सी मध्ये एनसेलले नेपाल टेलिकमलाई उछिन्दै १८०० ब्याडको फ्रिक्वेन्सी पाएको हो।   

एनसेलले प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँका दरले फ्रिक्वेन्सी बोलकबोल बढाबढ मार्फत लिएको हो। एनसेलसँग अहिले ११ सय ब्याण्ड छ। अब उसले अरु ७ सय थप पाउने छ। 

१८०० ब्याण्डको कुल ७५ मेगाहर्जमध्ये टेलिकमले १५, एनसेलले ११, युटीएल र स्मार्ट टेलिकमले १२/१२ र नेपाल स्याटलाइटले ९ मेगाहर्ज फ्रिक्विन्सी प्रयोग गरिरहेका छन्। १८०० ब्याण्डमध्ये अब १६ मेगाहर्ज फ्रिक्वेन्सी बाँकी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved