नयाँ वर्षमा टेलिकमको यस्तो अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2019 | 05:24:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको प्रिपेड सिमकार्डमा ५० रुपैयाँमा पैसासहित अन्य सुविधा पनि थप हुने भएको छ । अंग्रेजी नयाँ वर्ष देखि १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनुका साथै ४० मिनेट टक टाइम, ६० एमबी डाटा र २० वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल, एसएमएस र डाटा चलाउन सकिने कम्पनीले जनाएको छ । 

४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिना भित्र नेपाल टेलिकम नेटवर्कमा प्रयोग गर्न सकिने छ । पुस १६ गते वा सो भन्दा पछि एक्टिभेट गरेका सिममा यो व्यवस्था लागु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved