यस्ता छन् वार्षिकोत्सवमा टेलिकमका आकर्षक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 10:00:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नो १६ औ वार्षिकोत्सवको अवसरमा नेपालले विभिन्न अफरहरु सार्वजनिक गरेको छ । बैंकले रिचार्जमा बोनस सहितका अफरहरु सार्वजनिक गरेको हो ।

जस अनुसार टेलिकमले २ वटा डाटा प्याक अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले १६०० मा ९० दिनको लागि ३० गीबी डाटा पाउने छन् भने ३ हजारमा १८० दिनको लागि ६० गीबी डाटा पाउने छन् ।

पोस्टपेड तर्फ टेलिकमले ३ सयमा ६ सय मिनेटको टक टाइम अथवा ३ हजार एमबी डाटा लिन सक्ने र यो ३० दिनको लागि लागु हुने टेलिकमले जनाएको छ ।

रिचार्जतर्फ टेलिकमले २ सय देखि ४९९ सम्मको रिचार्ज गर्दा २ सय एमबी बोनस डाटा प्रदान गर्ने जनाएको छ । त्यस्तै ५०० देखि ९९९ सम्मको रिचार्जमा ५ सय एमबी बोनस डाटा र १ हजार भन्दा माथिको रिचार्जमा १ हजार एमबी बोनस डाटा प्रदान गर्ने टेलिकमले जनाएको छ । रिचार्ज कार्ड र एमपिओसबाट गरिने रिचार्जमा यो सेवा उपलब्ध रहेको छ ।

रिचार्जका अफरहरु माघ २२ देखि २४ गतेसम्म र अन्य अफरहरु चैत्र ३० गतेसम्म लागु हुने टेलिकमले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved