विनोद चौधरी भन्छन्, ‘टेलिकम कम्पनीबारे सञ्चारमन्त्रीसँग ज्ञान छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 04:35:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सांसद तथा उद्योगपति विनोद चौधरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग टेलिकमबारे ज्ञान नभएको आरोप लगाएका छन् । टेलिकम कम्पनीको लाइसेन्सबारे सञ्चारमन्त्रीलाई नै ज्ञान नहुनु दुखद भएको उनको भनाई छ । 

मन्त्री बास्कोटाले बिहीबार सरकारका निर्णय सार्वजनिक गर्ने क्रममा सिजी टेलिकमले २० अर्ब रुपैयाँ तिरे आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिने बताएका थिए । मन्त्रीको यो भनाईको जवाफ दिँदै चौधरीले टेलिकम कम्पनीले तिर्ने किस्ता चुक्ता गर्न राज्यले तोकेको नवीकरण शुल्कबारे सञ्चारमन्त्रीलाई जानकारी नहुनु दुःखद् भएको उल्लेख गरेका छन् । चौधरीले ट्वीटरमा लेखेका छन्, ‘मन्त्रीज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दुःखद छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved