टेलिकमको अफरः १५ रुपैयाँमा १२ घण्टा गफ, १२ रुपैयाँमा ४ सय एमबी डाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 04:43:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited  ले विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गतको अल टाइम डाटा प्याकमा १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज १ दिनदेखि २८ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

डे डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिनेछ । उक्त प्याक अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने छ । उक्त दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने जनाईएको छ । 

नाइट डाटा प्याक बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिन्छ । उक्त प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिनेछ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक लिन सकिन्छ । 

सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिन्छ । उक्त प्याक अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिन्छ । 

युट्युब डाटा प्याक युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिनका लागि प्याक लिन सकिन्छ । उक्त प्याक १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुने टेलिकमले बताएको छ । 

डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिन्छ । १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । पोष्टपेड प्याक अन्तर्गत अन्तर्गत ६२० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ । उक्त प्याक ३० दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

बिग डाटा प्याक नयाँ प्याकका रुपमा कम्पनीले उपलब्ध गराएको हो । उक्त प्याक अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ । 

अफरहरु जीएसएम प्रिपेड, पोष्टपेड तथा सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अफर माघ २२ गतेदेखि लागू भइसकेको र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved