आजबाट नयाँ सेवा सुरु गर्दै टेलिकम, हरेक कलपछि म्यासेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 04:33:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आज मंगलबारबाट नयाँ सेवा सुरु गर्ने भएको छ । टेलिकमले आजबाट 'एण्ड अफ कल सेवा' अर्थात् कल पश्चात आउने ब्यालेन्स सम्बन्धि विवरण जानकारी दिने सेवाको परिक्षण गर्ने लागेको हो । यो सेवा जीएसएम मोबाइलमा सुरु गर्न लागेको टेलिकमले जनाएको हो 

यस सेवा अन्तर्गत कल सकिएपछि टेलिकमले बाँकि रहेको ब्यालेन्सबारे जानकारी दिन्छ । 

जस अनुसार टेलिकमले आज रातिदेखि केहि ग्राहकको मोबाइलमा कल गरेपछि अलर्ट म्यासेज आउँन सक्ने जनाएको छ । अहिले परिक्षणको रुपमा यो सेवा सुरु ग्रण लागिएको टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालयले जनाएको छ । 

एनसेलले भने यो सेवा धेरै अगाडी देखि नै सुरु गरिसकेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved