टेलिकमले गर्यो सिस्टम अपग्रेड, डाटा चलाउँदा नयाँ ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 07:00:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड गरेको छ । सिस्टम अपग्रेड गरेसंगै अब ग्राहकको डाटा स्पिड बढ्ने र उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

अपग्रेडसंगै टेलिकममा अलर्ट सेवा समेत सुरु भएको छ । टेलिकका अनुसार डाटा चलाउदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज प्राप्त गर्नेछन् ।  

कम्पनीले डाटा सेवाका लागि यस अघि पीसीआरएफ (PCRF-Policy and Charging Rules Function) सिष्टम प्रयोग गर्ने गरेको थियो । अब भने  टेलिकमले जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पिसिआरएफ सिस्टम जडान गरेको हो ।   

यसबाट जीएसएम टुजी÷थ्रीजी÷फोरजी अन्तर्गतका डाटा सेवा थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved