घरबाटै महशुल तिर्न टेलिकमको आग्रह, यस्ता छन् ५ तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 06:11:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कम्पनीलाई दिनु पर्ने भुक्तानी घरबाटै गर्न आग्रह गरेको छ । कम्पनीका सेवाहरुको महशुल भुक्तानी गर्नका लागि टेलिकमका ग्राहक सेवा केन्द्रहरु खुल्ला रहने भए तापनि वैकल्पिक उपायहरु उपयोग गरी घरमै बसी सहज रुपमा महशुल भुक्तानी गर्न टेलिकमले आग्रह गरेको हो । 

टेलिकमले रिचार्ज कार्ड, इलेक्ट्रोनिक भुक्तानी (एमपोस), कम्पनीको वेबसाइट तथा मोबाइल एप्लिकेसन, ई–बैंकिङ, ई–कमर्स तथा मोबाइल बंैकिङ र कुनैपनि बंैकको भिसा तथा मास्टर कार्ड प्रयोग गरी कम्पनीको वेबसाइटबाट रिचार्ज गर्ने आग्रह गरेको हो  । 

कम्पनीले कोरोना भाइरसबाट हुनसक्ने सम्भावित संक्रमण र सोबाट सुरक्षित रहन तथा संक्रमण नियन्त्रणको लागि गरिने प्रयासका क्रममा आउन सक्ने जुनसुकै परिस्थितिमा पनि नेपाल टेलिकमले आफ्नो सेवा चुस्त दुरुस्त राख्न सबै प्रयत्नहरु जारी राख्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved