कसले ब्यहोर्छ टेलिकमको नम्बरमा कल गर्दा सुनिने कोरोना संदेशको खर्च ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 10:11:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले ‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले आजबाट जिएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने ‘रिङ ब्याक टोन’लाई परिवर्तन गरी जानकारीमूलक सन्देश दिन थालेको छ । कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि सन्देश सामग्री प्रचारप्रसार गरिएको कम्पनीले जनाएको हो ।

कम्पनीका अनुसार स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जिएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने सङ्क्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि सुन्न सक्नेछन् ।

टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्य गरिएको र यसमा ग्राहकले केहि पनि शुल्क बेहोर्नु नपर्ने जनाएको छ । नेपाल टेलिकमका प्रबक्ता राजेश जोशीले फोन उठाउने वा गर्नेलाई यो सुने वापत कुनै शुल्क नपर्ने बिजपाटीलाई बताए। उनका अनुसार फोन गरेको नियमित शुल्क भने लाग्ने छ । पहिला फोन जाँदा लगातारको घन्टी जाने गरेकोमा अब त्यसको साटोमा संदेश सुनिने प्रबक्ता जोशीले बताएका हुन् । यदि कसैले पहिले नै अन्य कुनै रिंग ब्याक टोन राखेको भए सोहि टोन सुनिने उनले बताए ।

टेलिकमसंग हाल जीएसएमका १ करोड ९८ लाख ग्राहक रहेको र जो सुकैले पनि यी नम्बरमा कल गर्दा संदेश सुनिने जोशीले बताएका हुन् । उनले भने 'यो सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको हो, संदेशलाई नै टोन बनाएकोले यसबाट थप केहि लागत पर्दैन, लागत नै नपर्ने भएपछि कसले बेहोर्छ भन्ने प्रश्न नै रहेन' । भाइरस संक्रमणको अवस्था हेरेर यसलाई कहिलेसम्म निरन्तरता दिने भन्ने बारे टुंगो लाग्ने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved